शनिबार, वैशाख १२, २०८३

माओवादी महाधिवेशन

प्रचण्डले गणेश शाहलाई सम्झिदा वैद्य, विप्लव र बाबुरामलाई विर्सिए !

मेरोन्यूज २०७८ पुष १३ गते २१:४५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि छलफल चलिरहेको छ ।

Advertisement
NiccNicc

‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका साथै कम्युनिस्ट पार्टीको इतिहासबारे उल्लेख छ ।

४५ पृष्ठको उक्त प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिकमार्फत नै समाजवादी क्रान्ति सम्पन्न गर्ने निश्र्ष निकालेका छन् । खासगरी माओवादीको विगतमा बाहिर शान्ति र भित्र क्रान्तिको कुरा गर्ने भएकै राजनीतिक दस्तावेजहरु गोप्य राखिन्थे ।

शन्ति प्रक्रियामा आइसकेपछि पनि क्रान्तिको कुरा गरेर गल्ती गरेको दस्तावेजमै स्वीकार गरेका प्रचण्डको राजनीतिक प्रतिवेदन बन्दसत्रको पहिलो दिन नै सार्वजनिक भयो ।

सोमबार बेलुका सार्वजनिक भएको प्रतिवेदनमा पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन उपशीर्षकमा प्रचण्डले माओवादी स्थापनादेखि एकता अनि विभाजनको कुरा उल्लेख गरेका छन् ।

लेनिनको जन्मदिन पारेर २२ अप्रिल १९४९ मा नेकपाको स्थापना हुनुलाई दूरगामी महत्वको एतिहासिक परिघटनाका रुपमा चित्रित गरेका प्रचण्डले पार्टी विकासक्रममा वर्ग–संघर्ष, विचारधारात्मक संघर्ष र अन्तरसंघर्षका अनेकौं श्रृंखला पार गरेको बताएका छन् ।

पार्टी इतिहासको सिंहावलोकनमा पुष्पलाल, मोहनविक्रम सिंह, निर्मला लामादेखि नारायणकाजी हुँदै गणेश शाह समेतलाई सम्झिएका छन् ।

प्रचण्डले दश वर्षे जनयुद्धकै क्रममा वार्ताको प्रक्रियादेखि शान्ति सम्झौताका क्रममा माधव नेपाल र गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण रहेको चर्चा गरेका छन् ।

तर प्रचण्डले दश वर्षे सशस्त्र जनयुद्धका क्रममा आफूसँगैका सहयात्री नेताहरु मोहन वैद्य, डा.बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’, रामबहादुर थापा ‘बादल’ कसैलाई सम्भिएका छैनन् ।
०४५ सालमा मोहन वैद्यले आफूलाई महामन्त्री सुम्पिएको कुरा समेत प्रचण्डले आफ्नो दस्तावेज लेख्दा कतै उल्लेख गरेका छैनन् ।

हेर्नुहोस, प्रचण्डको राजनीतिक दस्तावेजको पूर्णपाठ

प्रतिक्रिया