शनिबार, पुष १२, २०८२

ट्रकले ठक्कर दिँदा बैंक म्यानेजरको मृत्यु, दुई घाइते

मेरोन्यूज २०७८ पुष १४ गते ९:०७

कपिलवस्तु । जिल्लाको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिक १ पिपराका अनुराग पाण्डेको दुर्घटनामा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए ।

बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएको हो । मंगलबार राति भएको दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् ।

उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजर हुन् । उनी कपिलवस्तु जेसिजका पूर्व अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया