आइतबार, पुष १३, २०८२

नयाँ बसपार्कबाट सामूहिक बलात्कारमा संलग्न नौ जना पक्राउ

मेरोन्यूज २०७८ पुष १४ गते १०:५१

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा एक महिला बलाकृत भएकी छन् । नौ जना युवाहरूको समूहले उनलाई सामूहिक बलात्कार गरेका हुन् ।

बलात्कारमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । सुर्खेतबाट काठमाडौँ आएकी युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउस पुर्याएका थिए ।

त्यसै दिन बडुवालले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई समेत गेस्ट हाउसमा बोलाएका थिए । उक्त रात दुई जनाले बलात्कार गरेका थिए ।

भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा पुर्याएर बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आरोपीमध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीस पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया