शनिबार, पुष ५, २०८२

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

मेरोन्यूज २०७८ पुष १४ गते १८:०८

गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा विहीबार सरकारले सार्र्वजनिक विदाको घोषणा गरेको छ ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले तमु ल्होसारकोअ अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयका उपसचिव शोभाखर रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि बुधबार नै गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वका अवसरमा विहीबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

गुरुङ समुदायले पुस १५ मा तमु ल्होसार मनाउँदै आएका छन् ।

प्रदेश सरकारले बर्षमा राष्ट्रिय बाहेक ६ दिन स्थानीय बिदा सक्ने गरी अधिकार पाएको छ । गण्डकी प्रदेश सरकारले तमु ल्होछार जस्तै माघे संक्रान्ति, इद लगायतमा स्थानीय बिदा दिँदै आएको छ ।

प्रतिक्रिया