आज केही स्थानमा वर्षा हुने, सतर्क हुन आग्रह
मेरोन्यूज
२०७८ पुष १५ गते ७:१७

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासका न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ ।
यस्तै, उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ । वर्षा र हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित








आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया