बिहीबार, पुष १०, २०८२

भेरी अस्पतालका कर्मचारीसहित चार जना मृत भेटिए

मेरोन्यूज २०७८ पुष १५ गते ९:००

काठमाडौँ । बाँके जिल्लाको भेरी अस्पतालको ‘स्टोर रुम’मा ४ जना मृत भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगी २४ वर्षीय धनप्रसाद भट्टराईसहित ४ जना मृत भेटिएको प्रहरीले जनाएको छ ।

उक्त कोठामा भट्टराईको सात जना परिवार सुतेका थिए । सुतेकै ठाउँमा चार जना मृत भेटिएसँगै अन्य तीन जना बेहोस रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया