अंग्रेजी नयाँ वर्षमा चार ग्रहको राशी परिवर्तन, कस्को के हुने ?

काठमाडौँ । जनवरीमा नयाँ वर्ष मनाउने सन्दर्भमा न कुनै खगोलीय आधार छ, न कुनै वैज्ञानिक तथ्य । नयाँ वर्षको रौनक सुरु हुँदै गर्दा आममानिसमा अनेकौँ जिज्ञासा र कौतूहलता हुनु स्वाभाविकै हो ।
हाम्रो पञ्चांग तिथि, बार, नक्षत्र, योग र करण आदिको ध्यानमा राखेर गणना गरिएको थियो । जुन विभिन्न चाड पर्वसँग मेल खएको छ ।
पञ्चांग क्यालेन्डरअनुसार नयाँ वर्ष चैत्र शुक्ल पक्षको प्रतिपदादेखि सुरु हुने गर्दछ । यसको पछाडि खगोलीय अवस्था सँगसँगै भौगोलिक तथा सांस्कृतिक र ऐतिहासिक तथ्यहरू जोडिएका छन् । यही समयबाट नयाँ ऋतु तथा बोट बिरुवाले नयाँ पालुवा हाल्ने, सूर्य प्रथम राशी मेषमा गोचर गर्दछ । तर, जनवरी १ बाट नयाँ वर्ष मनाउनुमा कुनै प्रकारको खगोलीय आधार भने देखिन्न ।
सन् २०२२ ज्योतिषीय दृष्टिकोणले विश्व जगतका लागि महत्वपूर्ण सालका रूपमा रहने छ । यो सालमा चार ठूला र शक्तिशाली ग्रहहरूले राशी परिवर्तन गर्ने हुँदा यसको प्रभाव विश्वभर फरक–फरक रूपमा देखा पर्ने छ ।
विश्वमा हुने ठूला परिवर्तनले नेपालीको जीवनमा पनि प्रत्यक्ष रूपमा प्रभाव पारिएकाको हुन्छ । शनि, बृहस्पति, राहु तथा केतु ग्रहबाहेक अन्य पाँच ग्रहहरूको राशी परिवर्तन भने हरेक ३० देखि ४५ दिनभित्र भइरहेको हुन्छ । अंग्रेजी नयाँ वर्षमा यी चार ठूला ग्रहको राशी परिवर्तनले विश्व बजारमा यसको प्रभाव सकारात्मक तथा नकारात्मक प्रभाव देखा पर्ने छ ।
शनिबारदेखि नयाँ वर्ष प्रारम्भ हुने हुँदा विशेषगरी पश्चिमी देशहरूको चासो नेपालमाथि रहिरहने छ । बृहस्पति शनि ग्रहभन्दा अगाडि रहेकाले ठूला देशको दबाबमा कुनै पनि कार्य सफल हुन सक्दैनन् । सेयर बजारमा लगातारको व्यापारघाटा १९ अप्रिलपछि लगातार उकालो लाग्नेछ । नेपालको अर्थ राजनीतिमा पनि परिवर्तनको योग रहेको छ ।
२२ फेब्रुअरीदेखि २३ मार्चसम्म देवगुरु बृहस्पति पश्चिमा अस्त अवस्थामा रहने हुँदा विशेषगरी संकल्प गरेर गरिने ठूला धार्मिक अनुष्ठानहरू पूर्ण रूपमा बन्द रहने छन् ।
विश्वमा नयाँ रूपमा देखा परेको कोरोना भाइरसले विश्वका पश्चिमी देशमा उच्च प्रभावमा ल्याउन खोज्ने छ । डलरको मूल्यमा वृद्धि हुनुका साथै तेल तथा खाद्यान्नको मूल्य वृद्धि हुने योग छ । पुनः १० अप्रिल २०२२ देखि बृहस्पतिले शनिको राशी छाडेर आफ्नै राशी मीनमा गोचर गरेपछि सकारात्मक प्रभाव विश्वभर देखिने छ ।
कोरोनालाई पूर्ण रुपमा नियन्त्रणमा राख्न सकारात्मक पहल हुनुका साथै घट्दै आएको सेयर बजारमा अचानक वृद्धि हुने योग छ । खेलकुद मनोरञ्जनका क्षेत्रहरू विस्तारै अगाडि बढ्दै जाने छन् ।
अहिलेको समयमा नेपालका लागि कुनै पनि वैदेशिक आर्थिक सहयोग आउने ग्रह योग बनेको छैन । ४ अप्रिलसम्म यस्तै अवस्था रहिरहने योग भएकाले यसको प्रभाव समग्र सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा समान रूपमा पर्ने देखिएको छ ।
ठूला तथा नाम चलेका आर्थिक काम गर्ने संघ संस्थालाई अहिलेको योगले पूर्ण रूपमा प्रभाव पर्ने छ । जसले बैंकिङ क्षेत्रमा समेत यसको प्रभाव पर्ने देखिएको छ । साझेदारीमा चलेको सरकारलाई पनि यसको उच्च प्रभाव रहने हुँदा विशेष सावधानी अपनाउनु पर्ने ग्रहयोगले देखाएको छ ।
ग्रहका न्यायाधीश शनि ग्रह पनि वर्षभरि नै स्थिर अवस्थामा रहने छैनन् । जसका कारण विभिन्न राशीलाई शनिको साढे साती दशा लाग्ने र छोड्ने क्रम चलिरहेछ । शनिग्रह स्थिर नहुँदा नेपाललगायत पूर्वी तथा दक्षिणी देशमा कानुनको कडा नियम पालना गर्नु पर्नेमा आवाज उठ्ने छ ।
सवारी तथा वायुयान दुर्घटना केही बढ्ने योग रहेको छ । शनिबारदेखि नयाँ सालको सुरुवात हुने भएकाले विशेष सावधानी भने अपनाउनु पर्ने छ ।
करिब १८ वर्ष सात महिनापछि १० अप्रिलदेखि पुनः राहु मेष तथा केतु ग्रह तुला राशीमा आउने छन् । राहु तथा केतु सधैंभरि बक्री गतिमा चल्ने ग्रह भएकाले यसको फल मिश्रित रूपमा पर्ने छ । राहु अग्नि कारक ग्रहको राशीमा गोचर गरेपछि विश्वव्यापी देखिएको विभिन्न भाइरस नियन्त्रणमा आउने छन् ।
तुला राशीमा बसेको केतु ग्रहको कारण विभिन्न बैंकिङ प्रणालीमा अन्तर्राष्ट्रिय ह्याकरको जोखिम रहने छ । भिडियो टेक्नोलोजीले विश्वास गुमाउनु पर्ने योग रहेकाले विशेष सावधानी अपनाउनु पर्ने छ । विशेषगरि मेष, बृष, मकर तथा धनु राशी हुनेहरूको लागि राहु तथा केतुको नकारात्मक फल प्राप्ति हुने छ भने मिथुन, कर्कट, तुला तथा वृश्चिक राशी हुनेहरूका लागि भने सकारात्मक फलमा वृद्धि हुने छ ।
सन् २०२२ मा मीन राशी हुनेहरूका लागि शनिको साढे साती दशा प्रारम्भ हुने छ भने कर्कट, तथा बृश्चिक राशी हुनेका लागि शनिको अढैया दशा प्रारम्भ हुनेछ ।
धनु राशीलाई साढे साती दशा मिथुन र तुला राशी हुनेका लागि भने शनिको अढैया दशा समाप्त हुनेछ । शनि मकर राशीमा हुँदा धनु, मकर तथा कुम्भ राशी हुनेका लागि शनिको साढे साती दशा चलिरहने छ भने मिथुन तथा तुला राशी हुनेका लागि अढैया दशा चलिरहने छ । शनिको विधिवत् पूजा तथा आराधना गरेमा शुभफलमा वृद्धि हुने छ ।
(लेखक सुरेशचन्द्र रिजाल दक्षिण एशियाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् हुन् ।)















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया