ओमिक्रोनले कोरोना संक्रमितमा सुनामी ल्याउँदै छ : डब्लूएचओ

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ । युरोप र अमेरिकामा कोभिड संक्रमितको संख्या तीव्र गतिमा बढिरहँदा डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो बताएका हुन् ।
‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन् भने स्वास्थ्यकर्मीमा चाप थपेको छ, कोभिडका नयाँ संक्रमणले संक्रमितको सुनामी ल्याउने छ,’ डा. गेहब्रेयससले भने ।
डब्लूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिएका छन् । संक्रमण फैलिएसँगै बुस्टर डोज दिन सुरु गरेका छन् । युरोपियन देशमा भने लकडाउन र नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन् ।
फ्रान्स र बेलायतमा अप्रत्यासित दैनिक संक्रमितको संख्या बढिरहेको छ । छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्री कालीन बन्दको घोषणा गरिएका छन् ।











कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया