मारियासँग ‘टर्मिनेटर’ स्टार आर्नोल्डको सम्बन्धविच्छेद

काठमाडौं । हलिउडका लोकप्रिय अभिनेता आर्नोल्ड श्वार्जेनेगरले अमेरिकी पत्रकार मारिया श्राइवरसँगको ३५ वर्षे वैवाहिक सम्बन्धलाई अन्त्य गरेका छन् । यो जोडीले सन् १९८६ मा विवाह गरेका थिए ।
तर, आर्नोल्ड र उनकी श्रीमतीले १० वर्षअघि आफ्नो २५ वर्षे वैवाहिक सम्बन्ध अन्त्यका लागि निवेदन दिएका थिए । आर्नोल्ड क्यालिफोर्निया राज्यका पूर्व गभर्नरसमेत हुन् । उनी दर्शकमाझ फिल्म ‘टर्मिनेटर’मार्फत बढी लोकप्रिय भएका थिए । गत मंगलबार लस एञ्जल्सको अदालतले उनीहरूको निवेदनउपर सुनुवाइ गर्दै सम्बन्धविच्छेद गरिदिएको हो ।
आर्नोल्डले एक महिला घरेलु कामदारसँग सम्बन्ध राखेर बच्चा जन्मिएपछि मारिया र आर्नोल्डबीच सम्बन्ध बिग्रिएको थियो । त्यसपछि मारियाले सन् २०११ मा सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन् ।
दुवैले एकअर्कालाई आरोप नलगाइकन सहमतिमै सम्बन्धविच्छेदको प्रक्रिया पूरा गरेका छन् । प्रोपर्टी सेटरमेन्ट र लेनदेनसम्बन्धी विषयलाई गोप्य राखिएको छ । उनीहरूका चार सन्तान छन् । सबै सन्तान हुर्किएको हुनाले उनीहरूलाई कस्टडी केस या आर्थिक रूपले बच्चाको हेरचाहका विषयमा के हुने भन्ने केही खुलाइएको छैन ।
















स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया