माओवादी महाधिवेशन
समूह टोलीको प्रस्तुति सकियो, प्रचण्डले भोलि जवाफ दिने
मेरोन्यूज
२०७८ पुष १५ गते १७:२२

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूह टोलीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएको छ । गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको थियो भने बुधबार र बिहीबार समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष पेस गरेका छन् । बिहीबार समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेकाले अब शुक्रबार प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिने कार्यक्रम छ । आइतबारबाट जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।
सम्बन्धित
















गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया