सहिद स्मारक ए डिभिज : शुक्रबारबाट सातौं चरणका खेल हुँदै

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट सातौं चरणका खेल हुँदैछन् । दिनको पहिलो खेल विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने भएको हो । आर्मीले क्लब लाइसेन्स पाए पनि यो सिजन एएफसी छनोट खेल्ने मौकाबाट बञ्चित भएको छ । यद्यपि ए डिभिजन लिग उपाधि होडमा भने हुनेछ ।
शुक्रबार दशरथ रंगशालामा पहिलो भेट विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मीले खेल्दा सहिद स्मारक ए डिभिजन लिगमा सातौं चरणका खेल आरम्भ हुनेछन् । एएफसी छनोट खेलको होडबाट बाहिरिएको आर्मीले एपिएफलाई दबाबमा राख्दै तीन अंक जोड्ने लक्ष्यमा हुनेछ । यद्यपि अघिल्लो खेलमा निकालेको नतिजाका कारण आर्मी ससंकित छ । यस्तै दिनको दोस्रो खेल तालिकाको रेड जोनमा रहेको फ्रेन्ड्स र न्यूरोड टिम (एनआरटी) बीच हुँदै छ । कठिन अवस्थामा रहेको भन्दै अंकका लागि खेल्ने बताए । यता चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराउँदै एएफसी छनोटलाई सहज बनाएको मच्छिन्द्रले यसै चरणको खेलमा विभागीय टोली नेपाल पुलिसको सामना गर्दैछ ।
छैठौं चरणका खेल सकिँदा सम्म जारी सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा, सातौ चरणमा पोखरा मैदानमा बिबिसीसँग खेल्ने टोली मनाङ १३ अंकका साथ दोस्रो स्थानमा छ । यस्तै अपराजित टोली संकटा १२ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा दुई अंकले पछि रहेको आर्मी तालिकाको चौंथो स्थानमा छ । यसै सिजन बढुवा भएको सातदोबाटो ८ अंकका साथ पाँचौ स्थानमा छ ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया