सहिद स्मारक ए डिभिज : शुक्रबारबाट सातौं चरणका खेल हुँदै

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट सातौं चरणका खेल हुँदैछन् । दिनको पहिलो खेल विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने भएको हो । आर्मीले क्लब लाइसेन्स पाए पनि यो सिजन एएफसी छनोट खेल्ने मौकाबाट बञ्चित भएको छ । यद्यपि ए डिभिजन लिग उपाधि होडमा भने हुनेछ ।
शुक्रबार दशरथ रंगशालामा पहिलो भेट विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मीले खेल्दा सहिद स्मारक ए डिभिजन लिगमा सातौं चरणका खेल आरम्भ हुनेछन् । एएफसी छनोट खेलको होडबाट बाहिरिएको आर्मीले एपिएफलाई दबाबमा राख्दै तीन अंक जोड्ने लक्ष्यमा हुनेछ । यद्यपि अघिल्लो खेलमा निकालेको नतिजाका कारण आर्मी ससंकित छ । यस्तै दिनको दोस्रो खेल तालिकाको रेड जोनमा रहेको फ्रेन्ड्स र न्यूरोड टिम (एनआरटी) बीच हुँदै छ । कठिन अवस्थामा रहेको भन्दै अंकका लागि खेल्ने बताए । यता चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराउँदै एएफसी छनोटलाई सहज बनाएको मच्छिन्द्रले यसै चरणको खेलमा विभागीय टोली नेपाल पुलिसको सामना गर्दैछ ।
छैठौं चरणका खेल सकिँदा सम्म जारी सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा, सातौ चरणमा पोखरा मैदानमा बिबिसीसँग खेल्ने टोली मनाङ १३ अंकका साथ दोस्रो स्थानमा छ । यस्तै अपराजित टोली संकटा १२ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा दुई अंकले पछि रहेको आर्मी तालिकाको चौंथो स्थानमा छ । यसै सिजन बढुवा भएको सातदोबाटो ८ अंकका साथ पाँचौ स्थानमा छ ।














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया