माओवादी स्थायी समिति बैठक सकियो
मेरोन्यूज
२०७८ पुष १५ गते १९:१७

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि २५ वटा समूहको रिपोर्टिङ सकिएसँगै बिहीबार कमलादीस्थित प्रज्ञाभनवमा बसकेको स्थायी कमिटी बैठक सकिएको हो ।
बैठकमा समूहगत छलफलपछि आएका सुझावहरुको सम्बोधन, केन्द्रीय सदस्यको चयन लगायका विषयमा छलफल भएको हो । ‘समूहगत रुपमा आएका सुझावहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको छ’ एक स्थायी समिति सदस्यले भने । समूहगत छलफल बिहीबार सकिएको छ र भोलि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।
स्थायी समितिको बैठक भोलि बिहान ११ बजे पुन बस्ने छ । नेता वर्षमान पुन नेतृत्वको केन्द्रीय सदस्यमा समूहगत प्रतिनिधित्व गराउने बारे अध्ययन गर्न गठित समूहको सुझावबारे भोलि छलफल हुने उनले बताए ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया