आजको राशिफल : पौष १६ गते शुक्रबार

आज वि.सं. २०७८ साल पौष महिनाको १६ गते शुक्रबार, पौष कृष्णपक्षको द्वादशी तिथि, उप्रान्त त्रयोदशी तिथि ।
मेष
आफ्नो लक्ष्यप्रति हरदम तयार र केन्द्रीत रहने खालको स्वाभाव हुने छ । मनमा दृढता देखा पर्ने छ । पुराना साथिहरुसँग भेटघाट हुने छ । मनोबलमा भने केही कमजोरी देखा पर्दा अरुसँग जुध्न डर लागे जस्तो हुने छ । भाग्यहिनताको आभाषल गर्दा कार्यसफलता कम हुन जाने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् । शेक्षिक क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिपूर्ण रहने छ ।
वृष
आर्थिक पक्ष कठिनाईबाट गुज्रने छ । पैतृक सम्पत्ति बेच्नु पर्ने बाध्यता आउने चुनौति देखिन्छ । दृढताले भरिएको व्यक्तित्व हुने भए तापनि मनमा दुविधाका क्रमहरु निरन्तर रहीरहने छ । श्रम क्षेत्र, सेवा, नोकरी, सार्वजनिक सवारीसाधन, घर घडेरीको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल रहने छैन् ।
मिथुन
मनमा दुविधाका क्रम आउने भएकाले दोहोरो स्वाभाव भएको व्यक्तित्व बन्ने छ । रिस क्षणक्षणमा आउने भएकाले अरुले रिसाहा व्यक्तिका रुपमा देखिने छ । दाम्पत्य जीवनमा मधुरता आउने छ । भाडाका सवारीसाधन, ग्रिल उद्योग, विषादीको कारोवार, रसायनिक फलको कारोवार, सार्वजनिक यातायात, श्रम जगतमा कार्यरतहरुलाई अनुकुल रहने छ ।
कर्कट
आम्दानीमा बृद्धि हुने छ । बोलीको प्रभाव बढे तापनि मृदुभाषीपन पनि बढ्ने छ । मनमा कुरा गुम्स्याएर राख्ने हुनाले तनावको मात्रा ह्वात्तै बढ्ने छ । परिवारमा किचलो र द्वन्द देखा पर्ने छ । निर्माण सामग्री, फलामजन्य कारोवार, हार्डवेयर, सार्वजनिक सवारीसाधन, ग्यारेज जस्ता पेशामा आवद्धहरुलाई अनुकुल रहेको छ ।
सिंह
बोलीमा रुखोपना आउने भएकाले प्रभावकारिता घट्न जाने छ । आम्दानीमा थोरै बृद्धि हुन जाने छ । मनमा धेरै विचारहरु एकपछि अर्काे गरि आइरहने हुनाले निर्णय क्षमतामा कमि आउने छ । परिवारमा द्वन्दका क्रमहरु निकै देखा पर्ने छ । पेशागत जीवनमा सचेत भएर अघि बढ्नु पर्ने देखिन्छ । पानी, चिसो, आइसक्रिम, पेय पदार्थ जस्ता क्षेत्रमा व्यवसाय गर्नेहरुलाई प्रतिकुल रहने छ ।
कन्या
सवारीसाधनसम्बन्धी दुःख आइलाग्ने छ ।सुख सुविधाका संयन्त्रहरु त्याग्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । जसले गर्दा जीवनमा कठिनाईका क्रम देखिएको मनमा आभाष हुने छ ।सडक र सवारीसम्बन्धी विषयमा सचेत रहनु होला । पेशागत जीवनमा द्वन्द तथा बादबिबादको सामना गर्नुपर्ने छ । साझेदारीमा गरिएका काममा द्वन्दको अवस्था आउने छ ।
तुला
आम्दानीमा बृद्धि हुनेछ । भाग्य बलियो रहेको छ । जसले गर्दा सफलताका क्रमहरु देखिने छ । पेशागत जीवनमा सकारात्मक सुधारहरु देखा पर्ने छन् । यात्रामा मज्जा आउने छ । स्टेसनरी, अध्यापन, शिक्षा क्षेत्र, व्यवस्थापन जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र फाइदादायक बन्ने छ ।
वृश्चिक
पेशागत जीवन औसत खालको रहने छ । दृढ खालको व्यक्तित्व बन्ने भएकाले अरुले हेप्न सक्ने छैनन् । रिस भने धेरै हुने भएकाले नियन्त्रण गर्ने प्रयास गर्नु नै बुद्धिमता हुने छ । दाम्पत्य जीवनमा बिबाद र द्वन्दले गर्दा निराशा छाउने छ । ऋणको अवस्था आउने छ । कमाईमा गिरावट देखिँदा आर्थिक चक्र बिग्रने छ ।
धनु
आफ्नो लक्ष्य प्रति दृढ रहने उर्जा तिब्र हुने छ । परिवारमा शान्तिको अभाव हुन जाने छ । पेशागत सुखद् बन्ने छ । खर्च भने धेरै हुने अवस्था आउने भएकाले संयमित रहनु होला । धेरै जोखिमहरु मोलि हाल्ने भन्दा धैर्य भएर पाइला चाल्दा उपयुक्त हुने छ । अध्यापन, शिक्षण, धार्मिक वस्तुको कारोवार, स्टेसनरी, वकालत जस्ता पेशामा आवद्धहरुलाई समय कठिन रहने छ ।
मकर
आँटेका कामहरु पुरा हुने छन् । भाग्य बलियो रहेको छ । मनमा नकारात्मक विचारले क्षणक्षणमा पीडा दिने छ । राजनीति, प्रशासन, बैंकिङ्ग क्षेत्र, व्यवस्थाकीय तह, वाणिज्य क्षेत्र आदीमा सहभागिहरुलाई समय अनुकुल बन्ने छ । प्रतिष्पर्धीसँग जुध्न तागत प्राप्त हुने छ । दाम्पत्य जीवनमा मधुर वातावरण हुने छ ।
कुम्भ
बौद्धिक क्षमतामा बृद्धि हुने छ । ज्ञानि स्वाभावको व्यक्तित्व हुने छ । यात्रामा अवरोधहरु आउने छ । सवारीसाधनसम्बन्धी समस्याले सताउने छ । बोलीको प्रभाव निकै बढ्ने छ । पेशागत जीवन औसत खालको हुने छ । आम्दानी औसत खालको हुने छ । नराम्रो सपनाले सताउने छ ।
मीन
मेहनति र परिश्रमि व्यक्तित्व बन्दा अरुले कदर गर्ने छन् । तर परिणाम भने औसत खालको प्राप्त हुने छ । बौद्धिकस्तरमा निकै विकास हुने छ । बोलेर खाने पेशा, पत्रकारिता, लेखक, स्टेसनरी, छालाजन्य कारोवार, आदीमा संलग्नहरुलाई समय शुभ छ । लेखक तथा वाचनमा पनि क्षमता बृद्धि हुने छ । मित्रहरुसँग द्वन्द बढ्न जाने भएकाले सोच विचार गरेर मात्र बादबिबादमा उत्रनु होला ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)











सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री आर्याल
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटेल धनगढीमा बन्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया