मंगलबार, पुष १५, २०८२

माओवादी बन्दसत्रमा प्रचण्डको जवाफ आज

मेरोन्यूज २०७८ पुष १६ गते ७:११

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार जवाफ दिने भएका छन् ।

टोली नेताले प्रतिवेदनमाथि भएको छलफलको निश्कर्ष पेश गरिसकेकाले शुक्रबार प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिने भएका हुन् ।
बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि सबै समूहले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य विहीबार सकिएको थियो ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रको पहिलो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको थियो भने बुधबार र बिहीबार समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष पेस गरेका छन् ।

आइतबारबाट जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया