माओवादी बन्दसत्रमा प्रचण्डको जवाफ आज
मेरोन्यूज
२०७८ पुष १६ गते ७:११

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार जवाफ दिने भएका छन् ।
टोली नेताले प्रतिवेदनमाथि भएको छलफलको निश्कर्ष पेश गरिसकेकाले शुक्रबार प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिने भएका हुन् ।
बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि सबै समूहले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य विहीबार सकिएको थियो ।
गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रको पहिलो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको थियो भने बुधबार र बिहीबार समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष पेस गरेका छन् ।
आइतबारबाट जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।
सम्बन्धित
















दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
प्रतिक्रिया