मंगलबार, वैशाख ९, २०८२

बर्नलीमाथि युनाइटेडको सहज जित

मेरोन्यूज २०७८ पुष १६ गते ८:१६

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि सहज जित निकालेको छ । युनाइटेड बर्नलीलाई ३–१ गोल अन्तरले हराउदै शीर्ष ६ मा उक्लिएको हो ।

स्कट एमसी टोमिनीले ८औँ मिनेटमा पहिलो गोल गरे । २७ औँ बेन मीले आत्मघाती गोल गर्दा युनाइटेडले २–० को अग्रता बनायो ।

रोनाल्डोले ३५औँ मिनेटमा घरेलु मैदानमा टिमका लागि तेस्रो गोल गरे । ३८औँ मिनेटमा आरोन लेनोनको गोल गरे पनि बर्नलीले हार टार्न सकेन ।

युनाइटेड १८ खेलबाट ३१ अंकका साथ छैटौँ स्थानमा रहँदा एक खेल कम खेलेको टोटनह्यमको ३० अंक रहेको छ ।

कोभिडका कारण एभर्टन र न्युक्यासलबीच तय खेल भने स्थगित भएको थियो ।

इभरटोन र न्यूक्यासलबीचको खेल भने पोष्टपोन्ड गरिएको छ ।

प्रतिक्रिया