बिजेता खेलाडीलाई मन्त्रीको स्वागत

काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरीएको छ ।
प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिमानस्थल पुगेरै स्वागत गरेका हुन् । खेलाडीहरुको हौसला बढाउन बिमानस्थल पुगेका मन्त्री
गहतराजले खेलाडीहरुलाई फुलगुच्छाले स्वागत गर्दै बधाई समेत दिए । यसक्रममा खेलाडीहरुलाई बाजा गाजाका साथ स्वागत गरिएको थियो ।
६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता महिला टिमले आफ्नो उपाधि रक्षा गर्दा पुरुष टिम भने चौथो स्थानमा रोकिन पुगेको थियो ।
खेलाडीहरुलाई स्वागत गर्दै मन्त्री गहतराजले नेपाली टिमको जितले गौरवको अनुभूति भएको बताए । देशको पहिचान र गौरव बढाउने राष्ट्रिय
टिमका खेलाडीहरुलाई स्वागत गर्ने अवसर प्राप्त भएको भन्दै उनले खुसी ब्यक्त गरे ।
स्वागतका क्रममा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले बिजेता खेलाडीहरुलाई नगद राशीले सम्मान गर्ने सरकारको निर्णयले थप हौसला बढाएको बताइन् ।
महिला टिमले उपाधि रक्षा गरेको खबर प्राप्त भएलगत्तै बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बिजेता खेलाडीहरुलाई जनही ५ लाखको दरले पुरस्कृत गर्ने निर्णय गरेको थियो ।


















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रतिक्रिया