कांग्रेस कोषाध्यक्ष र प्रवक्ताका लागि नेताहरु लविङमा व्यस्त

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान अनुरुप आफूले मनोनयन गर्न पाउने पार्टी कोषाध्यक्ष र प्रवक्ता मनोनयन गर्ने तयारी गरेका छन् । प्रवक्ता र कोषाध्यक्षसँगै केही नेताहरुलाई केन्द्रीय सदस्यमा पनि मनोनयन गर्ने तयारी देउवाको छ ।
कांग्रेस विधानमा कोषाध्यक्ष बनाउन केन्द्रीय सदस्यमा निर्वाचित एक नेतालाई सभापतिले केन्द्रीय सदस्यमा प्रस्ताव पेस गर्ने केन्द्रीय समितिले बहुमतले पारित गर्नुपर्ने व्यवस्था छ । विधानको यो व्यवस्थाले गत मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनबाट निर्वाचित १२१ केन्द्रीय सदस्य सबै कोषाध्यक्षका लागि योग्य हुन्छन् ।
यसअघि १२ औं महाधिवेशनबाट चित्रलेखा यादव र १३ औं महाधिवेशनबाट सितादेवी यादव कोषाध्यक्ष बनिसकेका छन् । १२ र १३ औंमा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था थियो । १३ औं महाधिवेशनपछि बसेको महासमिति बैठकले पदाधिकारीमा कोषाध्यक्षमात्रै मनोनित गर्ने व्यवस्था विधानमा गरेको थियो । त्यही अनुरुप अहिले केन्द्रीय सदस्यहरु कोषाध्यक्ष बन्न लागिपरेका छन् ।
कोषाध्यक्ष बन्नका लागि राजनीतिक पृष्ठभूमिका नेताहरुदेखि व्यापारिक पृष्ठभूमिका नेताहरु लविङमा व्यस्त छन् । १२ औं महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित र १३ औं महाधिवेशनमा कोषाध्यक्षमा पराजित भएर अहिले प्रदेश २ का तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित चित्रलेखा यादवले पनि कोषाध्यक्षमा दाबी गरिरहेकी छन् ।
उनीसँगै महिला नेतृहरु पुष्पा भुसाल, डिला संग्रौला र अम्बिका बस्नेतले पनि कोषाध्यक्षमा आकांक्षा देखाएर लविङ गरिरहेका छन् । यादव पहिले नै कोषाध्यक्ष बनेको तर परफरमेन्स राम्रो नदेखिएको भन्दै देउवा सन्तुष्ट नरहेको बालुवाटार निकट स्रोतले बतायो ।
महिला कोषाध्यक्ष बन्ने अवस्थामा भुसाल, संग्रौला र बस्नेतमध्येबाट एकजना बन्ने देउवा निकट स्रोतले बतायो । तर, यो पटक महिलाबाट कोषाध्यक्ष बन्ने सम्भावना ज्यादै न्यून रहेको स्रोतहरु बताउँछन् । यसपटक कांग्रेस कोषाध्यक्षका लागि व्यापारी पृष्ठभूमिका तर केन्द्रीय सदस्यमा निर्वाचित विनोद चौधरी र उमेश श्रेष्ठले पनि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
दुवैको आर्थिक हैसियत बलियो भएको र व्यवस्थापनमा पनि अब्बल भएकाले चौधरी र श्रेष्ठमध्ये एकजनालाई देउवाले कोषाध्यक्ष बनाउन सक्ने स्रोतले बतायो । दुवै अहिले देउवा निकट छन् ।
त्यतिमात्र होइन महाधिवेशनमा महामन्त्रीका दाबेदार रहेका सुदूरपश्चिमका नेताद्वय एनपी साउद र रमेश लेखक पनि कोषाध्यक्ष बन्न लागिरहेका छन् । स्रोतका अनुसार साउदले कोषाध्यक्षमा दाबी गरेका अरुको सम्भावना कम रहेको पनि निकटस्थहरु बताउँछन् ।
यता प्रवक्तामा भने साउद, लेखकसँगै पहिलो पटक केन्द्रीय समितिमा पुगेका रामहरि खतिवडा, उदयशमशेर राणा, नैनसिंह महर, वर्तमानसरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गोविन्द भट्टराईलगायत लागिरहेका छन् ।
















दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया