प्रहरीको पेन्सन अवधि घटाइने
इन्स्पेक्टर असई भर्नामा ५०/५० प्रतिशत लागू हुने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको भर्नामा नयाँ प्रावधान लागू गर्न आग्रह गर्दै प्रहरी नियमावली संशोधन गर्न प्रस्ताव गरेको छ ।
मन्त्रिपरिषदको विधायन समितिमा रहेको प्रहरी नियमावली संशोधनका प्रस्ताव गर्दै नयाँ प्रावधान लागू गर्न आग्रह गरेको हो । प्रहरी प्रधानकार्यालयले चार दिन अघि मात्रै नेपाल प्रहरीको इन्सपेक्टर र असइ भर्नामा नयाँ मापदण्ड लागू गर्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
प्रहरी नियमावली संशोधन गरी रिक्त पदमध्ये ५० प्रतिशत भर्नाबाट तथा ५० प्रतिशत बढुवाबाट पदपुर्ती हुने व्यवस्था गर्न लागेको हो । प्रहरी नियमावली अनुसार हाल नयाँ भर्नाबाट ६० प्रतिशत र आन्तरिक बढुवाबाट ४० प्रतिशत पदपूर्ति हँुदै आएको छ ।
आन्तरिक बढुवामा लामो समय जाम पर्ने र तल्लो तहका प्रहरीको बृत्ति विकासमा समस्या भएपछि प्रहरी नियमावली संशोधन गरी सो प्रावधान लागू गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
‘यो प्रावधान लागू भए प्रहरी कर्मचारीमा नयाँ उत्साह आउनेछ साथै तल्लो तहमा कार्यरत कर्मचारीहरुको मनोबल समेत बढ्नेछ’– प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने ।
हाल मन्त्रिपरिषद्को विधायन समितिमा रहेको प्रहरी नियमावली संशोधनको मस्यौदामा यो प्रावधान राख्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यो विषयमा प्रहरीभित्र लामो समयदेखि बहस हुँदै आएको थियो ।
काम गर्ने बेलामा तल्लो तहका कर्मचारी प्रयोग हुने तर बढुवामा भने प्रहरी नीरिक्षक माथिकालाई मात्र अवसर आउने भएपछि प्रहरी प्रधान कार्यालयमा लामो समयसम्म छलफलको विषय बनेको थियो ।
‘यो नियमावली संशोधन भयो भने तल्लो तहका प्रहरी कर्मचारीले निकै आकर्षण बढ्नेछ’, एक प्रहरी अधिकारीले भने । ती अधिकारीका अनुसार प्रहरीको पेन्सन अवधि पनि घटाउने प्रस्ताव गरिएको छ । तल्लो तहका प्रहरी कर्मचारीको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव गरिएको छ ।












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया