‘दबंग ४’मा राजनेता बन्दै सलमान खान

काठमाडौं । बलिउड अभिनेता सलमान खानको सुपर कप ड्रामा ‘दबंग’को हरेक सिक्वेल फ्यान र दर्शकका लागि मनोरञ्जनपूर्ण बनिरहेको छ । यही कारण ‘दबंग’, ‘दबंग २’, ‘दबंग ३’पछि सलमान ‘दबंग ४’ लिएर आउँदैछन् । नयाँ वर्ष २०२२ को छेकोमा ‘दबंग ४’को विषयमा नयाँ तथ्य बाहिर आएको छ ।
यसअघि तीन संस्करणमा प्रहरीको भूमिकामा देखिएका सलमान ‘दबंग ४’मा राजनेताको चरित्रमा देखिँदैछन् । फिल्मको निर्देशक तिग्मांशु धुलिया निर्देशन गर्दैछन् । उनले नै फिल्मको स्क्रिप्टको काम पनि गरिरहेका छन् ।
अभिनेता सलमान र अरबाज खानले तिग्मांशूले सुनाएको प्रारम्भिक कथालाई मन पराएपछि तिग्मांशुले यसको स्क्रिप्ट फाइनलको तयारी गरिरहेका छन् । स्क्रिप्टको विस्तृत विषय सार्वजनिक नगरे पनि तिग्मांशु निकट स्रोतका अनुसार फिल्ममा सलमानलाई राजनीतिमा प्रवेश गराइनेछ । जसकारण दर्शकले मनोरञ्जनको डबल डोज पाउने अनुमान गरिएको छ ।
हाल सलमान ‘टाइगर ३’को सुटिङ पूरा गर्न कम्मर कसेर लागेका छन् । यसपछि उनी ‘कभी ईद कभी दीवाली’मा व्यस्त हुनेछन् । सलमान सन् २०२२ को अन्त्यसम्ममा ‘दबंग ४’को सुटिङ सकाउने तयारीमा छन् ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया