‘दबंग ४’मा राजनेता बन्दै सलमान खान

काठमाडौं । बलिउड अभिनेता सलमान खानको सुपर कप ड्रामा ‘दबंग’को हरेक सिक्वेल फ्यान र दर्शकका लागि मनोरञ्जनपूर्ण बनिरहेको छ । यही कारण ‘दबंग’, ‘दबंग २’, ‘दबंग ३’पछि सलमान ‘दबंग ४’ लिएर आउँदैछन् । नयाँ वर्ष २०२२ को छेकोमा ‘दबंग ४’को विषयमा नयाँ तथ्य बाहिर आएको छ ।
यसअघि तीन संस्करणमा प्रहरीको भूमिकामा देखिएका सलमान ‘दबंग ४’मा राजनेताको चरित्रमा देखिँदैछन् । फिल्मको निर्देशक तिग्मांशु धुलिया निर्देशन गर्दैछन् । उनले नै फिल्मको स्क्रिप्टको काम पनि गरिरहेका छन् ।
अभिनेता सलमान र अरबाज खानले तिग्मांशूले सुनाएको प्रारम्भिक कथालाई मन पराएपछि तिग्मांशुले यसको स्क्रिप्ट फाइनलको तयारी गरिरहेका छन् । स्क्रिप्टको विस्तृत विषय सार्वजनिक नगरे पनि तिग्मांशु निकट स्रोतका अनुसार फिल्ममा सलमानलाई राजनीतिमा प्रवेश गराइनेछ । जसकारण दर्शकले मनोरञ्जनको डबल डोज पाउने अनुमान गरिएको छ ।
हाल सलमान ‘टाइगर ३’को सुटिङ पूरा गर्न कम्मर कसेर लागेका छन् । यसपछि उनी ‘कभी ईद कभी दीवाली’मा व्यस्त हुनेछन् । सलमान सन् २०२२ को अन्त्यसम्ममा ‘दबंग ४’को सुटिङ सकाउने तयारीमा छन् ।
















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया