तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा

काठमाडौँ । तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यसअगाडि पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।
जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो । व्यास नगरपालिकाले आजदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
यस क्रममा हालसम्म एकपटक पनि खोप नलगाएका बालबालिकालाई खोप लगाइने उनले बताए । १४ वटै वडामा रहेका विद्यालयमा खोप अभियान सञ्चालन गरिने छ । शुक्लागण्डकी नगरपालिकाले यही माघ १७ र १८ गते स्वास्थ्य संस्थामार्फत् बालबालिकालाई खोप दिन लागेको छ । १२ वटै वडामा रहेको विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत् बालबालिकालाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दशवटै स्थानीय तहका ३२ हजार चार सय ३७ बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको छ । भानुका तीन हजार दुई सय २०, व्यासका नौ हजार पाँच सय दुई, म्याग्देका एक हजार चार सय ७१, शुक्लागण्डकीका पाँच हजार सात सय ८८, भिमादका दुई हजार आठ सय ७९, घिरिङका एक हजार तीन सय १८, ऋषिङका दुई हजार ८७, देवघाटका एक हजार पाँच सय ४४, बन्दीपुरका दुई हजार ५३ र आँबुखैरेनीका दुई हजार पाँच सय ७५ ले पहिलो मात्रा लगाएका छन् ।
















आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
50 missing as boat capsizes in Mediterranean
Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया