इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
मेरोन्यूज
२०८३ वैशाख २३ गते १३:५६

इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा अन्डिशे सहरमा अवस्थित अर्गावन कमर्शल कम्प्लेक्स सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएकाे छ । साथै ३६ जना घाइते भएको इरानको आइआरआइबी टेलिभिजनले जनाएको छ ।
यो भवनमा २५० भन्दा बढी व्यापारिक एकाइहरू सञ्चालनमा रहेको जनाइएको छ ।
इरानी विद्यार्थी सङ्गठन (आइएसएनए) ले एन्डिशे शहरको अग्नि नियन्त्रण विभागका प्रमुख अली पाइदारनलाई उद्धृत गर्दै स्थानीय समय अनुसार वेलुका ४ः४० मा आगलागी भएको रिपोर्ट गरिएको थियो ।
भवनको अग्रभागमा प्रयोग गरिएको मिश्रित सामग्रीका कारण आगो छिठै फैलिएको पाइदरनले बताएका छन् ।
आइएसएनएले इरानको रेड क्रिसेन्ट सोसाइटीलाई उद्धृत गर्दै तालिम प्राप्त कुकुरहरूसहित उद्धार खोजी र उद्धारका लागि घटनास्थलमा रहेको बताएको छ ।
सम्बन्धित















इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया