विद्यार्थीका लागि खोप आयो, कहिले लगाउने यकीन भएन

महोत्तरी । जिल्लाका १२–१७ वर्ष उमेरका विद्यार्थीको लागि ७४ हजार ४ सय २१ मोडर्ना खोप आइपुगेको छ । १५ माघदेखि २० माघसम्म लक्षित उमेर समूहका लागि खोप लगाइसक्ने लक्ष्य अनुसार उक्त खोप आइतबार जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी आइपुगेको हो ।
खोप संख्या जिल्लाका विद्यार्थीलाई पर्याप्त भए पनि अभियान अन्यौलमा परेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य प्रमुख भोला यादवले जानकारी दिए ।
स्वास्थ्य कार्यालय महोत्तरीका लक्ष्मेश्वर झाका अनुसार खोप र स्वास्थ्य परिचालन गर्ने सम्बन्धमा जिल्लामा अहिलेसम्म तयारी भएको छैन ।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसमेत कोरोना पोजिटिभका कारण आइसोलेसनमा रहेकाले खोपका समबन्धमा तुरुन्त निर्णय लिन नसकिएको झाको भनाइ छ । ञनिमित्त प्रमुख जिल्ला अधिकारीसँग बैठक बसेर खोप अभियानको कार्यतालिका बनाउने छौं,झ स्वास्थ्य कार्यालय प्रमुख यादवले भने ।
स्वास्थ्य कार्यालयले बुस्टर डोजको समेत तयारी गरेको छ । सोमबारदेखि २१ माघसम्म बुस्टर डोजको व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बुस्टर डोज लगाउन पहिलो र दोस्रे खोप लगाएकाले ६ महिना कटेको हुनुपर्नेछ भने खोपका लागप वृद्ध, संचारकर्मी, स्वास्थ्यकर्मी तथा फ्रण्टलाइनमा खटिने जुनसुकै उमेर समूहकाले खोप लगाउन सक्नेछन् ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया