विद्यार्थीका लागि खोप आयो, कहिले लगाउने यकीन भएन

महोत्तरी । जिल्लाका १२–१७ वर्ष उमेरका विद्यार्थीको लागि ७४ हजार ४ सय २१ मोडर्ना खोप आइपुगेको छ । १५ माघदेखि २० माघसम्म लक्षित उमेर समूहका लागि खोप लगाइसक्ने लक्ष्य अनुसार उक्त खोप आइतबार जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी आइपुगेको हो ।
खोप संख्या जिल्लाका विद्यार्थीलाई पर्याप्त भए पनि अभियान अन्यौलमा परेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य प्रमुख भोला यादवले जानकारी दिए ।
स्वास्थ्य कार्यालय महोत्तरीका लक्ष्मेश्वर झाका अनुसार खोप र स्वास्थ्य परिचालन गर्ने सम्बन्धमा जिल्लामा अहिलेसम्म तयारी भएको छैन ।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसमेत कोरोना पोजिटिभका कारण आइसोलेसनमा रहेकाले खोपका समबन्धमा तुरुन्त निर्णय लिन नसकिएको झाको भनाइ छ । ञनिमित्त प्रमुख जिल्ला अधिकारीसँग बैठक बसेर खोप अभियानको कार्यतालिका बनाउने छौं,झ स्वास्थ्य कार्यालय प्रमुख यादवले भने ।
स्वास्थ्य कार्यालयले बुस्टर डोजको समेत तयारी गरेको छ । सोमबारदेखि २१ माघसम्म बुस्टर डोजको व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बुस्टर डोज लगाउन पहिलो र दोस्रे खोप लगाएकाले ६ महिना कटेको हुनुपर्नेछ भने खोपका लागप वृद्ध, संचारकर्मी, स्वास्थ्यकर्मी तथा फ्रण्टलाइनमा खटिने जुनसुकै उमेर समूहकाले खोप लगाउन सक्नेछन् ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया