कोरोना खोप लगाउन पाँच दिन विद्यालय खुला गर्ने
काठमाडौँ । सर्लाहीका छात्रछात्रालाई आजदेखि कोरोना भाइरस (कोभिड–१९)विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि माघ २१ गतेसम्म विद्यालय खुलाइने छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन पाँच दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार विद्यालयका पठनपाठन भने माघ मसान्तसम्म नै बन्द हुने छ ।
जिल्लामा एक लाखभन्दा बढी विद्यार्थीले मोर्डना खोपको पहिलो डोज लगाएका छन् । सबै पालिकामा खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशोर झाले बताए ।
डीसीसीएमसीको बैठकले कतिपय निजी विद्यालयले अहिले पनि पठनपाठन गराइराखेकाले यसमा निगरानी गर्ने, आमसभा, जुलुस, भेला तथा धेरै मानिस भीडभाड हुने कार्यक्रम अर्को व्यवस्था नहुञ्जेल सञ्चालन नगर्नेसमेत निर्णय गरेकोे प्रजिअ गौतमले जानकारी दिए ।
जिल्लाका सामुदायिक विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका ८८ हजार नौ विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय एकाई सर्लाहीका निमित्त प्रमुख सुनिल कुशवाहले बताए । उनका अनुसार जिल्लाका सामुदायिक, संस्थागत, धार्मिक तथा अन्य विद्यालय गरी कूल ६७५ विद्यालयले आफ्ना विद्यार्थीले खोप लगाउन फारम भरेका र सोहीअनुसार खोप लगाइने छ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया