बुधबार, पुष ९, २०८२

सुनको मूल्य तोलामा ४०० घट्यो

मेरोन्यूज २०७८ माघ १७ गते ११:२७

काठमाडौँ । सुनको मूल्य सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि घटेको छ । आइतबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेको छ । सोमबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँमा भएको छ ।

प्रतिक्रिया