नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अंकले बढेर दुई हजार ७१२ दशमलव ४९ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४४ प्रतिशतले बढेको हो ।
आज ३२९ कम्पनीको एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६१ हजार ३२९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० बराबरको कारोबार भएको छ ।
व्यापार समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ एक दशमलव ६४, विकास बैङ्क एक दशमलव ५९, वित्त एक दशमलव ४३, होटल तथा पर्यटन एक दशमलव ६०, जलविद्युत् दुई दशमलव १३ र लगानी समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ४९, लघुवित्त एक दशमलव ६६, म्युचुअल फन्ड शून्य दशमलव ८२, निर्जीवन बीमा एक दशमलव ११ र अन्य समूह एक दशमलव ०३ प्रतिशतले बढेको छ ।
सलपा विकास बैङ्क लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने शुभम् पावर लिमिटेडको शेयर मूल्य दुई दशमलव ३२ प्रतिशतले घटेको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ३४ करोड ६५ लाख ३० हजार ३७९ बराबरको नौ लाख ३६ हजार ३४७ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया