आइतबार, पुष १३, २०८२

एमसीसी पास गर्न गठबन्धनका शीर्ष नेतालाई प्रधानमन्त्रीको दबाब

मेरोन्यूज २०७८ माघ १७ गते १४:५८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थालेका छन् ।

प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन् ।

स्रोतका अनुसार प्रचण्ड–नेपालले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफलका लागि केही समय मागेका छन् ।

यस्तै, प्रधानमन्त्री देउवाले एमसीसी प्रस्ताव पास गर्ने संकेत देखिएपछि सभामुख अग्नी सापकोटाले अचानक संसद बैठकसमेत स्थगित गरेका छन्,’ स्रोतले भन्यो ।

यसअघि सभामुखले १६ माघमा प्रतिनिधिसभाको बैठक तोकेका थिए ।

प्रधानमन्त्रीबाट एमसीसी प्रस्ताव आउने संकेतकै कारण उनले २६ माघलाई संसद बैठक तोकेका छन् ।

यस्तै, अमेरिकाले पनि नेपालले १ फेब्रुअरीसम्ममा एमसीसी प्रस्ताव पास नगरे यो कार्यक्रम नै फिर्ता लैजाने जनाएको छ । (न्युज कारखाना)

प्रतिक्रिया