सोमबार, पुष १४, २०८२

निर्वाचन आयोगको प्रतिवेदन शितल निवास पुग्यो

मेरोन्यूज २०७८ माघ १७ गते १६:१७

काठमाडौं । निर्वाचन आयोगको वार्षिक प्रतिवेशन राष्ट्रपति कार्यालयमा पुगेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति कार्यालयमा पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर सागर आचार्यले जानकारी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदनका साथै राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया