एकै दिनमा ओरालो लाग्यो शेयर बजार

काठमाडौं । अघिल्लो साता ओरालो लागेर यो साताको पहिलो दिन उत्साहजनक देखिएको शेयर बजार सोमवार पुनः गिरावट आएको छ ।
आइतबार एक्कासी उकालो चढेको नेप्से सोमवार दोहोरो अंकको गिरावट आएको हो ।
आइतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से परिसूचक सोमवार १३.४८ अङ्कले घट्दै २८ सय ७२.५ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
त्यस्तै, सोमबार सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले घटेको छ ।
आज कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।
सोमबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी उपसमूहको परिसूचक २.१८ प्रतिशत बढेको छ ।
अन्य उपसमूहको १.२८ प्रतिशत र लघुवित्तको ०.५५ अंक बढेको छ । तर विकास बैंक उपसमूहको परिसूचक भने सबैभन्दा धेरै २.१३ प्रतिशत घटेको छ । बैंकिङ्ग, वित्त, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
सोमवार तीन कम्पनीको शेयरमूल्य भने बढेको छ । फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
कारोवारका आधारमा भने एचआईडीसीएल, माथिल्लो तामाकोसी, टेलिकम, अरुणभ्याली तथा जीवन विकास लघुवित्त अगाडि देखिएका छन् ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया