एमसीसी संसदमा पेश भएपछि मात्रै एमालेले धारणा बनाउने
निर्वाचनबारे निर्णय गर्न स्थायी समिति बैठक बस्ने

काठमाडौं । स्थानीय तहको निर्वाचनका सम्बन्धमा नेकपा एमालेको स्थायी समितिले धारणा बनाउने भएको छ ।
सोमबार नेकपा (एमाले)को केन्द्रीय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सचिव पदमा अर्यालले निर्वाचनबारे स्थायी समिति बैठकले धारणा बनाउने बताइन् ।
बुधबार एमाले स्थायी समितिको बैठक बस्दैछ । उक्त बैठकमा निर्वाचनकाबारेमा छलफल हुने सचिव अर्यालले बताइन् ।
एमालेले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्नेमा जोड दिँदै आएको भन्दै अर्यालले स्थायी समिति बैठकले पनि निर्वाचन गर्न दबाब दिनेबारे निर्णय लिने बताइन् ।
एमालेले बैशाखमा स्थानीय तहको निर्वाचन हुुनुपर्ने भन्दै निर्वाचनको मिति छिटो घोषणा गर्न सरकारलाई दबाब दिँदै आएको छ ।
एमाले स्थायी समिति बैठकमा एमसीसी परियोजनाकाबारेमा पनि छलफल गर्ने बताइएको छ ।
एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजेको भएपनि संसदमा दर्ता हुने नहुने एकिन नभएको एमाले सचिव अर्यालले बताइन् ।
एमसीसी संसदमा दर्ता भएको अवस्थामा मात्रै एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनको भनाइ थियो ।
पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमवार बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा समीक्षा गरेको सचिव अर्यालले जानकारी दिइन् ।
















थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया