खल्ती र फोनपेबीच सहकार्य

काठमाडौं । मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच उक्त सम्झौता भएको हो ।
सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरे ।
सम्झौता भएसँगै खल्ती फोनपेको नेटवर्कमा आवद्ध भएको छ । अब खल्तीका सबै प्रयोगकर्ताहरुले फोनपेको क्यूआर मार्फत सेवा प्रयोग गर्न सक्नेछन् ।
सम्झौता कार्यक्रममा बोल्दै फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका रहने बताए ।
सापकोटाले खल्तीसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
त्यस्तै, खल्तीका प्रमुख कार्यकारी अधिकृत सीईओ बिनय खड्काले यो एक सम्झौतामात्र नभएर डिजिटल नेपाल बनाउने सहकार्य भएको बताए ।
उनले फोन पेसँगको यो सहकार्य नयाँ यात्राको शुरुवात भएकाले फोनपेसँगको सहकार्यले खल्तीका लाखौं ग्राहक लाभान्वित हुने बताए । खड्काले फोनपेसँगको सम्झौतापछि खल्तीका २० लाख ग्राहकहरुले फोनपेको क्युआर मार्फत भुक्तानी गर्न पाउने जानकारी दिए ।
खल्तीका ग्राहकले फोन पेसँगको सम्झौतासँगै फोन पेको जुन ठाउँमा क्यूआर पेमेन्ट सेवा उपलब्ध छ, त्यहाँ खल्ती वालेटबाट पेमेन्ट गर्न सकिने भएको छ । यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने अपेक्षा दुबै कम्पनीले गरेका छन् ।
दुई वर्षअघि स्थापना भएको फोन पेमा अहिले ५ लाख ५० हजारभन्दा बढी मर्चेन्ट सहभागी रहेका छन् ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोन पे प्रयोग गर्दै आएका छन् ।
त्यस्तै फोन पेमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । त्यस्तै, सन् २०१७ मा स्थापना भएर सेवा शुरु गरेको खल्तीको पनि २० लाखभन्दा बढी प्रयोगकर्ता रहेको खल्तीले जनाएको छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया