मेरोन्यूज साप्ताहिक राशिफल

आज २०७८ साल पौष महिनाको १७ गते शनिबार । राशिअनुसार यस साता तपाईको कस्तो रहने छ ? प्रस्तुत छ साप्ताहिक राशिफल ।
मेष
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक रहने छ । मन स्थिर प्रकृतिको रहने छ । विजयमा पनि र पराजयमा पनि सन्तुलित रहन सक्ने उर्जा प्राप्त हुने छ । मनमा आँट र भरोषा उत्पन्न हुने छ । परिवारका सदस्यहरुको विश्वासमा भने कमि आउने छ जसका कारण समाजबाट पनि सम्मान भन्दा अपमानको अवस्था व्योहर्नु पर्ने छ । पेशागत जीवन औसत खालको रहने छ । आर्थिक व्यवस्थापनमा सहजता हुने छ ।
वृष
यस राशिका व्यक्तिहरुलाई यस साता औसत प्रकृतिबाट गुज्रने छ । पेशागत जीवनमा भनाभन र आरोप प्रत्यारोपको अवस्था निम्तिने छ । आर्थिक व्यवस्थापनमा दबाब उत्पन्न हुने छ । मन अस्थिर हुने तथा बेचैनी र निराशाले सताउने छ । जीवनसाथीको सहयोग र सद्भावले कठिन परिस्थितिमा सँहालिएर अघि बढ्न निकै ठुलो मद्धत मिल्ने छ । स्वास्थ्यमा सुधार आउने छ । यात्रामा जानु पर्ने छ ।
मिथुन
यस राशिका व्यक्तिहरुलाई यस साता संघर्षमय रहने छ । मुद्दा मामिला र प्रशासनिक निकायमा झमेलामा धाउनु पर्नेछ । स्वास्थ्य समस्याका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा भर्ना हुनु पर्ने अवस्था निम्तिने भएका कारण खर्चको मात्रा ह्वात्तै बढ्ने छ । पेशागत जीवन र आर्थिक आम्दानीमा कमी हुँदा आर्थिक चक्र असन्तुलित बन्दा दबाब सृजना हुनेछ । परिवारको अक्षुण साथ मिल्ने छ ।
कर्कट
यस राशिका व्यक्तिहरुलाई यस साता मध्यम प्रकृतिबाट गुज्रने छ । रंग रमाईलो र ख्याल ठट्टात्मक स्वाभाव हुने हुँदा सबैसँग मिल्न सक्ने रसिक व्यक्तित्व बन्ने छ । मनोरञ्जनात्मक गतिबिधिमा खर्च बढ्ने छ । साथिभाइको साथका कारण चालेका कदमहरुमा ठुलो मद्धत मिल्ने छ । अम्दानीमा हुने बृद्धिसँगै खर्चको मात्रा पनि बढ्न जाने छ, जसले गर्दा बचतको अवस्था भने आउने छैन् । बोली प्रभावकारी हुनेछ पेशागत जीवनमा सफलता प्राप्त हुने छ ।
सिंह
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक बन्ने छ । पेशागत जीवनमा सफलताहरु प्राप्त हुने र थप जिम्मेबारी पनि प्राप्त हुने अवस्था आउने छ । सृजनशिल रुपमा समय वित्ने छ । यसबाट कदर पनि प्राप्त हुने छ । पुरस्कार तथा कदरहरु प्राप्त हुने र समाजबाट तारिफ मिल्ने छ । आर्थिक रुपमा दृढता बढ्ने छ । परिवारमा शान्तिपूर्ण वातावरण रहने छ । व्यावसायिक गतिविधिमा भने सोचे जस्तो प्रगति हुने छैन् ।
कन्या
यस राशिका व्यक्तिहरुलाई यस साता चुनौतिपूर्ण देखिने छ । मिठा मिठा खानेकुरा उपभोग गर्ने अवसर मिल्ने छ । भोज तथा पार्टीहरुमा सहभागि हुन पाइने छ । सामाजिक कार्यमा सहभागि हुने र मान सम्मान बढ्ने छ । स्वास्थ्य अवस्थामा सन्तुलन कायम नहुँदा समस्या देखा पर्ने छ । कडा शैलीको स्वाभावले गर्दा बन्न खोजेका कामहरुमा अड्चन हुन पुग्ने छ । बैदेशिक यात्राका क्रमहरुमा कठिनाईको सामना गर्नु पर्ने हुन सक्छ । आर्थिक पक्ष सन्तुलित रहने छ । परिवारका सदस्यहरुबीच बुझाईको कमि हुँदा द्वन्दात्मक अवस्था आउने छ ।
तुला
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक रुपमा अघि बढ्ने छ । चालेका कदमहरुमा सफलता प्राप्त हुने र नयाँ नयाँ कामहरु अघि बढाउन उत्साह जाग्ने छ । पेशागत जीवनमा नयाँ नयाँ उपलब्धिहरु प्राप्त हुने छ भने थप जिम्मेबारीहरु प्राप्त हुने छ । निर्णय क्षमतामा भने कमि आउँदा अन्यौलताको अवस्था आउने छ । प्रेममा सफलता प्राप्त हुने छ । सामाजिक उत्तरदायित्व वहन गर्न मन लाग्ने छ । बन्धु बान्धवहरुसँग मिलन हुने छ, सौहार्दता विकास हुने छ ।
वृश्चिक
यस राशिका व्यक्तिहरुलाई यस साता औसत खालको रहन जाने छ । पेशागत जीवनमा सफलता प्राप्त हुँदा उत्साह आउने छ । अरुले कदर गर्ने छन् । आर्थिक अवस्थामा बृद्धि हुने छ । तर खर्चको मात्राहरु पनि बृद्धि हुन जाँदा बचतको मात्रामा भने कमी आउने छ । जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । बोलीको प्रभाव बढ्ने भए पनि कडा खालको व्यक्तित्वका कारण गाढा सम्बन्धमा कमि आउने छ । आफु भन्दा तलका पात्रहरुले धोका दिने चुनौति रहन्छ ।
धनु
यस राशिका व्यक्तिहरुलाई यस साता प्रतिकुल अवस्थाबाट गुज्रने छ । भाग्यको साथ नभएका कारण गर्न खोजेका काममा सफलता प्राप्त हुने छैन् । कुलतमा फस्ने चुनौति देखिएका कारण संयमित रहनु होला । खराव मानिसहरुको संगत त्याग्नेतर्फ दृढ नभए दुःख पाइने देखिन्छ । मित्रहरुले धोका दिने खतरा देखिन्छ । आफन्तको साथमा विश्वासको कमि हुन जाने छ । शिक्षामा कमि आउने वा गरिरहेका काममा निन्तरतामा अवरोध आउने चुनौति देखिन्छ ।
मकर
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक बन्न सक्ने देखिन्छ । पारीवारिक वातावरणमा द्वन्द र किचलोको वातावरण चुलिँदा मानसिक रुपमा तनाव सृजना हुने छ । पेशागत जीवनमा पनि झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने छ । आर्थिक अवस्था भने त्यत्ति प्रतिकुला नहुने भएका कारण आर्थिक तनाव भने हुने छैन् । मनमा आउने अनावश्यक विषयका तानावानाका कारण धेरै सोच्ने व्यक्तित्व हुँदा निन्द्रामा समस्या देखिने छ । सवारीसाधनसम्बन्धी समस्याले सताउने छ ।
कुम्भ
यस राशिका व्यक्तिहरुलाई यस साता औसत प्रकृतिको हुने छ । पेशागत जीवनमा उन्नति प्रगतिका अवसरहरु प्राप्त हुने छन् । अरुको विश्वास आर्जन गर्न सकिने छ । आर्थिक क्षेत्र मजबुद बन्ने भए तापनि सावारीसाधन सम्बन्धी विषयमा खर्च गर्नु पर्ने छ । पारीवारिक जीवनमा वैमनश्यता बढ्ने र विश्वासको कमि हुन जाने छ । सामाजिक स्वभाव हुँदाहुँदै पनि समाजले उचित रुपमा त्यसको मर्म बुझन नसक्दा मनमा निराशाका भाव र सामाजिकतामा कमि आउने छ । चिसोले सताउला ।
मीन
यस राशिका व्यक्तिहरुलाई यस साता औसत प्रकृतिबाट अघि बढ्ने छ । पेशागत जीवन मध्यम खालको हुने छ । कमाईमा भने निकै बृद्धि हुने छ । नयाँ सवारीसाधन खरिद गर्ने सोच आउने छ । निर्णय क्षमतामा कमि आउने छ । परिवारमा पैतृक सम्पत्तिको विषयलाई लिएर परिवारमा द्वन्दात्मक अवस्था देखा पर्ने छ । दाम्पत्य जीवनमा एकअर्का प्रतिको भरोषा बृद्धि हुने छ । यात्रामा झण्झटको अवस्था आउने छ ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)










राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया