मेरोन्यूज साप्ताहिक राशिफल

आज २०७८ साल पौष महिनाको १७ गते शनिबार । राशिअनुसार यस साता तपाईको कस्तो रहने छ ? प्रस्तुत छ साप्ताहिक राशिफल ।
मेष
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक रहने छ । मन स्थिर प्रकृतिको रहने छ । विजयमा पनि र पराजयमा पनि सन्तुलित रहन सक्ने उर्जा प्राप्त हुने छ । मनमा आँट र भरोषा उत्पन्न हुने छ । परिवारका सदस्यहरुको विश्वासमा भने कमि आउने छ जसका कारण समाजबाट पनि सम्मान भन्दा अपमानको अवस्था व्योहर्नु पर्ने छ । पेशागत जीवन औसत खालको रहने छ । आर्थिक व्यवस्थापनमा सहजता हुने छ ।
वृष
यस राशिका व्यक्तिहरुलाई यस साता औसत प्रकृतिबाट गुज्रने छ । पेशागत जीवनमा भनाभन र आरोप प्रत्यारोपको अवस्था निम्तिने छ । आर्थिक व्यवस्थापनमा दबाब उत्पन्न हुने छ । मन अस्थिर हुने तथा बेचैनी र निराशाले सताउने छ । जीवनसाथीको सहयोग र सद्भावले कठिन परिस्थितिमा सँहालिएर अघि बढ्न निकै ठुलो मद्धत मिल्ने छ । स्वास्थ्यमा सुधार आउने छ । यात्रामा जानु पर्ने छ ।
मिथुन
यस राशिका व्यक्तिहरुलाई यस साता संघर्षमय रहने छ । मुद्दा मामिला र प्रशासनिक निकायमा झमेलामा धाउनु पर्नेछ । स्वास्थ्य समस्याका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा भर्ना हुनु पर्ने अवस्था निम्तिने भएका कारण खर्चको मात्रा ह्वात्तै बढ्ने छ । पेशागत जीवन र आर्थिक आम्दानीमा कमी हुँदा आर्थिक चक्र असन्तुलित बन्दा दबाब सृजना हुनेछ । परिवारको अक्षुण साथ मिल्ने छ ।
कर्कट
यस राशिका व्यक्तिहरुलाई यस साता मध्यम प्रकृतिबाट गुज्रने छ । रंग रमाईलो र ख्याल ठट्टात्मक स्वाभाव हुने हुँदा सबैसँग मिल्न सक्ने रसिक व्यक्तित्व बन्ने छ । मनोरञ्जनात्मक गतिबिधिमा खर्च बढ्ने छ । साथिभाइको साथका कारण चालेका कदमहरुमा ठुलो मद्धत मिल्ने छ । अम्दानीमा हुने बृद्धिसँगै खर्चको मात्रा पनि बढ्न जाने छ, जसले गर्दा बचतको अवस्था भने आउने छैन् । बोली प्रभावकारी हुनेछ पेशागत जीवनमा सफलता प्राप्त हुने छ ।
सिंह
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक बन्ने छ । पेशागत जीवनमा सफलताहरु प्राप्त हुने र थप जिम्मेबारी पनि प्राप्त हुने अवस्था आउने छ । सृजनशिल रुपमा समय वित्ने छ । यसबाट कदर पनि प्राप्त हुने छ । पुरस्कार तथा कदरहरु प्राप्त हुने र समाजबाट तारिफ मिल्ने छ । आर्थिक रुपमा दृढता बढ्ने छ । परिवारमा शान्तिपूर्ण वातावरण रहने छ । व्यावसायिक गतिविधिमा भने सोचे जस्तो प्रगति हुने छैन् ।
कन्या
यस राशिका व्यक्तिहरुलाई यस साता चुनौतिपूर्ण देखिने छ । मिठा मिठा खानेकुरा उपभोग गर्ने अवसर मिल्ने छ । भोज तथा पार्टीहरुमा सहभागि हुन पाइने छ । सामाजिक कार्यमा सहभागि हुने र मान सम्मान बढ्ने छ । स्वास्थ्य अवस्थामा सन्तुलन कायम नहुँदा समस्या देखा पर्ने छ । कडा शैलीको स्वाभावले गर्दा बन्न खोजेका कामहरुमा अड्चन हुन पुग्ने छ । बैदेशिक यात्राका क्रमहरुमा कठिनाईको सामना गर्नु पर्ने हुन सक्छ । आर्थिक पक्ष सन्तुलित रहने छ । परिवारका सदस्यहरुबीच बुझाईको कमि हुँदा द्वन्दात्मक अवस्था आउने छ ।
तुला
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक रुपमा अघि बढ्ने छ । चालेका कदमहरुमा सफलता प्राप्त हुने र नयाँ नयाँ कामहरु अघि बढाउन उत्साह जाग्ने छ । पेशागत जीवनमा नयाँ नयाँ उपलब्धिहरु प्राप्त हुने छ भने थप जिम्मेबारीहरु प्राप्त हुने छ । निर्णय क्षमतामा भने कमि आउँदा अन्यौलताको अवस्था आउने छ । प्रेममा सफलता प्राप्त हुने छ । सामाजिक उत्तरदायित्व वहन गर्न मन लाग्ने छ । बन्धु बान्धवहरुसँग मिलन हुने छ, सौहार्दता विकास हुने छ ।
वृश्चिक
यस राशिका व्यक्तिहरुलाई यस साता औसत खालको रहन जाने छ । पेशागत जीवनमा सफलता प्राप्त हुँदा उत्साह आउने छ । अरुले कदर गर्ने छन् । आर्थिक अवस्थामा बृद्धि हुने छ । तर खर्चको मात्राहरु पनि बृद्धि हुन जाँदा बचतको मात्रामा भने कमी आउने छ । जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । बोलीको प्रभाव बढ्ने भए पनि कडा खालको व्यक्तित्वका कारण गाढा सम्बन्धमा कमि आउने छ । आफु भन्दा तलका पात्रहरुले धोका दिने चुनौति रहन्छ ।
धनु
यस राशिका व्यक्तिहरुलाई यस साता प्रतिकुल अवस्थाबाट गुज्रने छ । भाग्यको साथ नभएका कारण गर्न खोजेका काममा सफलता प्राप्त हुने छैन् । कुलतमा फस्ने चुनौति देखिएका कारण संयमित रहनु होला । खराव मानिसहरुको संगत त्याग्नेतर्फ दृढ नभए दुःख पाइने देखिन्छ । मित्रहरुले धोका दिने खतरा देखिन्छ । आफन्तको साथमा विश्वासको कमि हुन जाने छ । शिक्षामा कमि आउने वा गरिरहेका काममा निन्तरतामा अवरोध आउने चुनौति देखिन्छ ।
मकर
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक बन्न सक्ने देखिन्छ । पारीवारिक वातावरणमा द्वन्द र किचलोको वातावरण चुलिँदा मानसिक रुपमा तनाव सृजना हुने छ । पेशागत जीवनमा पनि झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने छ । आर्थिक अवस्था भने त्यत्ति प्रतिकुला नहुने भएका कारण आर्थिक तनाव भने हुने छैन् । मनमा आउने अनावश्यक विषयका तानावानाका कारण धेरै सोच्ने व्यक्तित्व हुँदा निन्द्रामा समस्या देखिने छ । सवारीसाधनसम्बन्धी समस्याले सताउने छ ।
कुम्भ
यस राशिका व्यक्तिहरुलाई यस साता औसत प्रकृतिको हुने छ । पेशागत जीवनमा उन्नति प्रगतिका अवसरहरु प्राप्त हुने छन् । अरुको विश्वास आर्जन गर्न सकिने छ । आर्थिक क्षेत्र मजबुद बन्ने भए तापनि सावारीसाधन सम्बन्धी विषयमा खर्च गर्नु पर्ने छ । पारीवारिक जीवनमा वैमनश्यता बढ्ने र विश्वासको कमि हुन जाने छ । सामाजिक स्वभाव हुँदाहुँदै पनि समाजले उचित रुपमा त्यसको मर्म बुझन नसक्दा मनमा निराशाका भाव र सामाजिकतामा कमि आउने छ । चिसोले सताउला ।
मीन
यस राशिका व्यक्तिहरुलाई यस साता औसत प्रकृतिबाट अघि बढ्ने छ । पेशागत जीवन मध्यम खालको हुने छ । कमाईमा भने निकै बृद्धि हुने छ । नयाँ सवारीसाधन खरिद गर्ने सोच आउने छ । निर्णय क्षमतामा कमि आउने छ । परिवारमा पैतृक सम्पत्तिको विषयलाई लिएर परिवारमा द्वन्दात्मक अवस्था देखा पर्ने छ । दाम्पत्य जीवनमा एकअर्का प्रतिको भरोषा बृद्धि हुने छ । यात्रामा झण्झटको अवस्था आउने छ ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)














Three killed in separate incidents
निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन
ओलीका पिताको निधनमा रवि लामिछानेद्वारा दुःख व्यक्त
ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया