आजदेखि अंग्रेजी नयाँ वर्ष सुरु, नेपालमा टोपी दिवस मनाइँदै

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । सन् २०२२ को आरम्भसँगै नेपालमा मध्यरातसँगै तथा अन्य मुलुकहरुमा आकाशदीपहरु प्रज्वलन गरी नयाँ वर्षको स्वागत गरिएको छ ।
पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । नेपालमा पनि खासगरी पर्यटकीय क्षेत्रहरुमा ‘न्यू इयर इभ’को कार्यक्रम आयोजना गरी रमाइलो गर्ने गरिएको छ ।
यसैबीच, अंग्रेजी नयाँ वर्षका दिन नेपालमा भने ढाकाटोपी दिवस मनाउने गरिएको छ । केही वर्षयता हरेक जनवरी १ तारिखका दिन स्वस्फूर्त रुपमा टोपी दिवस मनाउन थालिएको छ । अंग्रेजी नयाँ वर्षमा विश्वभर उत्सव मनाइरहँदा नेपाली ढाकाटोपी शान विश्वभर फैलाउन भन्दै स्वस्फूर्त रुपमा टोपी दिवस मनाउन थालिएको हो ।
यसवर्ष टोपी दिवस र राष्ट्रिय पोशाक दिवस एकै दिन पर्न गएको छ । पुस १७ गतेका दिन ‘मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने मूल नारा लिएर वि.सं. २०७० बाट काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको राष्ट्रिय पोशाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते मनाउँदै आइरहेका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया