मंगलबार, पुष ८, २०८२

आजको मौसमः देशैभर आंशिक बदली, केही ठाउँमा हिमपात

मेरोन्यूज २०७८ पुष १७ गते ७:४७

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिक बदली रहने जनाएको छ ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार राती काठमाडौंको चन्द्रगिरीसहित देशैभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो । बुधबार देशका अधिकांश ठाउँमा वर्षा भएको थियो । उक्त वर्षा र हिमपातसँगै चिसो बढ्दै गएको छ । काठमाडौं उपत्यकामा भने शुक्रबार घाम लागेर केही राहत भएको थियो ।

तराईका जिल्लाहरुमा बाक्लो हुुस्सु लागेको छ । चिसो बढ्दै गएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया