‘ए’ डिभिजन लिगः आज तीन खेल हुँदै, मनाङ र ब्रिगेडकाे खेल पोखरामा

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिवार तीन वटा खेल हुँदैछ ।
काठमाडौंको दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबको सामना गर्नेछ । दोस्रो खेलमा आज मनाङ मस्र्याङ्दी र ब्रिगेड ब्वाइज भिड्ने छन् भने आजै हुने तेस्रो खेल संकटा र च्यासलबीच हुनेछ ।
मनाङ र ब्रिगेड ब्वाइजबीचको खेल भने पोखरामा हुनेछ ।
थ्री स्टार ६ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा छ भने जावलाखेल ६ खेलबाट समान ७ अंकमा नवौं स्थानमा छ ।
मनाङ ६ खेलबाट १३ अंकसहित दोस्रो स्थानमा छ । उसमाथि एएफसी कप छनोट खेल्नका लागि यो खेल जित्नै पर्ने दबाब छ । ब्रिगेड ब्वाइज ६ खेलबाट ५ अंकमा १२ औं स्थानमा छ ।
तेस्रो स्थानमा रहेको संकटाको ६ खेलबाट १२ अंक छ । च्यासल भने समान ६ खेलबाट ४ अंकमै सीमित रहेर १३ औं स्थानमा छ ।
शुक्रबार सातौँ चरणको खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–२ ले पराजित गरेको थियो भने विभागीय टोली एपीएफ र आमीले एक एक गोल गरी बराबरी भएपछि अंक बाँडेका थिए ।










देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
कांग्रेस नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्छ : नेता पौडेल
महिला टी-२० विश्वकप ग्लोबल छनोटको तालिका सार्वजनिक
काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया