वाट्फोर्डलाई हराउँदै टोटेनहम छैठौं स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शनिवार राती भएको खेलमा टोटेनहमले वाटफोर्डलाई पराजित गरेको छ ।
वाट्फोर्डलाई १– ० गोल अन्तरले हराउँदै टोटेनहम लिगको छैठौं स्थानमा उक्लिएको छ ।
वाट्फोर्डको मैदानमा टोटेनहमलाई जिताउन डेभिनसन सान्चेजले निर्णायक गोल गरेका थिए । ९० मिनेटपछिको इन्ज्यूरी समयमा सान्चेजले टोटेनहमलाई जित दिलाउन निर्णायक गोल गरे ।
जितसँगै टोटनहम महत्वपूर्ण तीन अंक जोड्दै छैटौं स्थानमा उक्लिएको हो । योसँगै टोटेनहमको १८ खेलबाट ३३ अंक रहेको छ भने वाट्फोर्ड १४ अंक जोडेर १७ औं स्थानमा धकेलिएको छ ।
शनिवार रातीकै खेलमा म्यान्चेष्टर सिटीले आर्सनललाई २–१ ले पराजित गर्दा वेष्ट ह्यामले क्रिष्टल प्यालेसलाई ३–२ ले पराजित गरेको छ । ।
सिजनको जारी लिगमा म्यान्चेष्टर सिटी ५३ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको चेल्सीको ४२ अंक र तेस्रो स्थानको ४१ अंक रहेको छ ।


















पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग
अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया