नयाँ वर्षको अवसरमा अन्तरिक्षमा अहिलेसम्मकै ठूलो जमघट

मस्को । नयाँ वर्ष २०२२ को पहिलो दिन ७ जना अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) र तीन अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसन तियांगोंगमा चक्कर लगाएका छन् ।
नयाँ वर्ष मनाउ गएका अन्तरिक्ष यात्रीको गतिविधिले अन्तरिक्षमा पहिलो पटक ‘भिड’ बढेकोे रुसी अन्तरिक्ष निकाय रोसकसमोसले जनाएको छ । यसअघि पनि नयाँ वर्षको अवसरमा विभिन्न समयमा अन्तरिक्ष यात्री अन्तरिक्षमा पुगेर नयाँ वर्षका कार्यक्रम मनाएको भए पनि यति ठूलो संख्यामा पुगेको भने पहिलो पटक हो ।
सन् २०२२ को पहिलो दिन १० अन्तरिक्षयात्रीले पृथ्वीको कक्ष घुमेका थिए । सात जनाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन र तीन जनाले चीनको तियांगोंग अन्तरिक्ष स्टेसनमा घुमेका थिए ।’ –रुसी अन्तरिक्ष निकाय रोसकसमोसले एक विज्ञप्तिमा भनेको छ ।
‘नयाँ वर्षको अवसरमा यो अन्तरिक्ष अनुसन्धानको इतिहासमा नै अहिलेसम्मकै ठूलो जमघट हो,’ सो निकायले अगाडि भनेको छ ।
रोसकसमोसका अनुसार पछिल्लो २१ वर्षमा ३ जना अन्तरिक्षयात्रीले अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा नयाँ वर्षको ‘इभ’ मनाएका छन् । रसियाली अन्तरिक्ष यात्री एन्टोन साकापलेरोभले सन् २०१२, सन् २०१५, सन् २०१८ र सन् २०२२ गरी चार पटकसम्म नयाँ वर्षमा अन्तरिक्षमा मनाएका छन् ।
यसअघि पनि बिदा मनाउन वैज्ञानिकहरु अन्तरिक्षमा पुग्ने गरेका थिए ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया