मंगलबार, पुष ८, २०८२

बस दुर्घटना अपडेटः सात जनाको मृत्यु, दर्जन बढी घाइते

मेरोन्यूज २०७८ पुष १८ गते १३:०६

पाल्पा । पाल्पामा भएको मलामी बोकेको बस आइतबार दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएको हो ।

आइतबार बिहान साढे १० बजे ३५ जना मलामीसहित रिडी जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।

मृतकको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया