धनगढीमा नगदसहित ७ जना जुवाडे पक्राउ
मेरोन्यूज
२०७८ पुष १८ गते १६:२९

कैलाली । कैलालीको धनगढीबाट जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय टेकराज खनालको घरमा जुवातास खेलीरहेको अवस्थामा उनीहरुलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा टेकराज खनालसहित कैलालीको गौरीगंगा नगरपालिका–१० का २६ वर्षीय भुमिराज चौधरी, सोही ठाउँका २५ वर्षीय अरबिन चौधरी र ३२ वर्षीय रमेश कठरिया रहेका छन् । यस्तै सोही ठाउँका २८ वर्षीय ज्ञानेन्द्र कठायत, कैलारी गाउँपालिका–८ का ३६ वर्षीय भिकराम चौधरी र सोही ठाउँका ३६ वर्षीय टेकबहादुर साउद रहेका छन् ।
उनीहरुको साथबाट ४२ हजार ६२५ नगद रुपैँया समेत बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सम्बन्धित












खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया