मंगलबार, पुष ८, २०८२

आजको राशिफल : पौष १९ गते सोमबार

ज्यो. गुरु दिवाकर पन्त २०७८ पुष १९ गते ६:३९

आज वि.सं. २०७८ साल पौष महिनाको १९ गते सोमबार, पौष शुक्लपक्षको प्रतिपदा तिथि । आज तोलल्होसार रहेको छ ।

मेष
शान्त बस्ने प्रयास गर्नु पर्ने देखिन्छ । मनमा उदासिनताले सताउने छ । चिसोबाट बच्ने प्रयास गर्नु होला । स–साना विषयलाई असाध्यै गम्भीर रुपमा लिने स्वाभाव देखा पर्दा तनावको क्रम अत्याधिक उत्पन्न हुन जाने छ । पेशागत जीवन औसत रहने छ । आम्दानीमा गिरावट आउने हुँदा यसको असर पारीवारिक जीवनमा देखा पर्ने छ । सेवा क्षेत्रमा आवद्धहरुलाई अपेक्षा गरेअनुसार हुने छैन् ।

वृष
मनमा दृढता आउने छ । भाग्यको साथका कारण आम्दानीको अवस्था भने सकारात्मक बृद्धि रहने छ । पैतृक सम्पत्ति र संचित भएको धन अनुत्पादक क्षेत्रमा खेर जाने चुनौति देखिएकाले विचार गरेर मात्र निर्णयहरु लिनुहोला । पेशागत जीवनमा उतारचढावको अवस्था आउने भएकाले शान्त भएर कदमहरु चाल्नु होला । घर घडेरीको कारोवार, होटल क्षेत्र, रेष्टुरेण्ट, सेक्युरिटी सभिस जस्ता क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिपूर्ण रहने छ ।

मिथुन
पेशागत जीवनमा अस्थिरताको सामना गर्नुपर्ने भएकाले धैर्यतापूर्वक कदम चाल्नु होला । आर्जन गरेको विश्वास गुम्न जाने चुनौति रहेकाले बोलेका कुरामा अडान लिँदा ठिक हुनेछ । व्यक्तित्व दृढ खालको हुने भए पनि व्यक्तित्वमा दोहोरो चरित्र पनि देखा पर्नेछ, यसले गर्दा अरुको तपाईप्रति दृष्टिकोणमा भ्रम उत्पन्न हुनेछ ।

कर्कट
पेशागत जीवन स्थिर बन्ने र लाभ प्राप्त हुने छ । पेशागत क्षेत्रप्रतिको तिब्रतामा निकै बृद्धि हुने छ । तर आम्दानीमा भने साचे जस्तो बृद्धि हुन सक्ने छैन् । दाम्पत्य जीवनमा बिबाद उत्पन्न हुने भएकाले सतर्क रहनुहोला । साझेदारीमा गरिएका कामहरुमा बिबाद उत्पन्न देखा पर्ने छ । सवारीसाधन, घर घडेरी, होटल, रेष्टुरेण्ट आदी बिक्रि गर्नु पर्ने अवस्था आउने चुनौति रहने छ ।

सिंह
कमजोर खालको व्यक्तित्व हुने हुँदा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । मनमा खिन्नता धेरै आउने छ । संयमित भएर कदम चाल्नु पर्ने समय रहेको छ । पेशागत जीवनमा अस्थिरता उत्पन्न हुनेछ । होटल, रेष्टुरेण्ट, डान्स बार, सेक्युरिटी सर्भिस जस्ता क्षेत्रमा आवद्धहरुलाई प्रतिकुल देखिन्छ ।

कन्या
भाग्यको साथ बलियो भएकाले गरेको मेहनतबाट पनि राम्रो आम्दानी प्राप्त हुने छ । पेशागत क्षेत्रबाट पनि आम्दानीमा बढोत्तरी हुन जाने छ । बोलीको प्रभावले गर्दा पेशागत जीवनमा प्रगति हुने छ । पैतृक सम्पत्तिमा भने नोक्सानी हुने चुनौति रहेकाले संयमित रहनु होला । स्टेसनरी, पत्रकारिता, संचार क्षेत्र, वकालत, शिक्षण, अध्यापन जस्ता क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल छ ।

तुला
पेशागत जीवन अनुकुल रहने छ । बोलीमा प्रभावकारीता देखा परे पनि आफैले बोलेको कुरा प्रति अडान लिन नसक्ने र दोहोरो विचार बन्दा अरुसँगको विश्वास गुम्न पुग्न जाने छ । रिस धेरै देखा पर्ने भएकाले यस बारेमा सतर्क रहनु होला । शिक्षा क्षेत्र, अध्ययन अध्यापन, शिक्षण, स्टेसनरी, उद्योग कलकारखाना, सवारीसाधन आदी क्षेत्रमा रहेकाहरुलाई अनुकुल देखिन्छ ।

वृश्चिक
आम्दानीमा केही बृद्धि देखा पर्ने छ । पेशागत क्षेत्र पनि स्थिर रहने छ । यात्राको अवसर प्राप्त हुने छ । परिवारमा किचलोको अवस्था आउने छ । बोलीमा रुखोपना देखिने हुँदा संयमित रहनु नै उपयुक्त हुने छ । ढुवानीका सावारीसाधन, सार्वजनिक सवारीसाधन, उद्योग कलकारखाना, श्रम क्षेत्र, ठेक्कापट्टा आदीमा रहेकाहरुलाई अनुकुल रहने छ ।

धनु
विदेश यात्रा सफल हुने छ । आम्दानीमा केही बृद्धि हुनेछ । बोलीको प्रभाव बढ्ने छ । जीवनसाथिको साथ र सल्लाहमा कामहरु अघि बढाएमा प्रगति हुनेछ । भाग्यहिनताको आभाषले गर्दा पैतृक सम्पत्तिको परिचालन समस्याहरु देखा पर्ने छ । सार्वजनिक यातायात, ढुवानी साधन, उद्योग कलकारखाना, ठेक्कापट्टा, पत्रकारिता, मार्केटिङ्ग जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा हुने छ ।

मकर
बौद्धिकस्तरमा बृद्धि हुने छ । तर प्रतिष्पर्धात्मक क्षमतामा कमि आउँदा प्रतिष्पर्धीहरुले हेप्ने छन् । मनमा दृढता आउने भए तापनि दुविधाका विचारहरु एकपछि अर्काे निरन्तर आइरहँदा निर्णय क्षमतामा गिरावट हुन जानेछ । पेशागत जीवनमा महत्वाकांक्षा भन्दा निरन्तरतामा जोड दिनु उपयुक्त हुने छ । सार्वजनिक यातायात, आइटी क्षेत्र, कम्युटरको कारोवार, होम डेलिभरी जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

कुम्भ
आम्दानीमा सोचे जस्तो प्रगति नभए पनि धेरै कमि पनि हुने छैन् । पेशागत जीवन औसत खालको हुने छ । उच्च मनोबलले भरिएको र प्रतिष्पर्धी व्यक्तित्व बन्ने छ । तर रिसको मात्रामा पनि बृद्धि हुन जाँदा झैझगडाको अवस्था आउने छ । रिस नियन्त्रणमा ध्यान नदिए आफैलाई घाटाको अवस्था आउने छ । भित्रि रुपमा बाठोपना आउने छ । मनमा भने दुविधाले सताई रहने छ ।

मीन
स्वास्थ्य उपचारका लागि खर्च बढ्न जाने छ । शारीरिक स्वास्थ्यमा असन्तुलन पैदा हुने छ । पारीवारिक जीवनमा सुखको वातावरण आउने छ । बोलीमा कडापनको मात्रा बढ्न जाने भएकाले आक्रोशित व्यक्तित्व बन्ने छ । दाम्पत्य जीवनमा भरोषा बढ्ने छ । जीवनसाथिको साथमा कामहरु गरेमा लाभ मिल्ने छ । पेशागत क्षेत्रमा धेरै शुभ नभए पनि सकारात्मक बन्ने छ । जलविद्युत क्षेत्रमा आवद्धहरुलाई अवस्था चुनौतिपूर्ण देखिन्छ ।

(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया