आजको राशिफल : पौष १९ गते सोमबार

आज वि.सं. २०७८ साल पौष महिनाको १९ गते सोमबार, पौष शुक्लपक्षको प्रतिपदा तिथि । आज तोलल्होसार रहेको छ ।
मेष
शान्त बस्ने प्रयास गर्नु पर्ने देखिन्छ । मनमा उदासिनताले सताउने छ । चिसोबाट बच्ने प्रयास गर्नु होला । स–साना विषयलाई असाध्यै गम्भीर रुपमा लिने स्वाभाव देखा पर्दा तनावको क्रम अत्याधिक उत्पन्न हुन जाने छ । पेशागत जीवन औसत रहने छ । आम्दानीमा गिरावट आउने हुँदा यसको असर पारीवारिक जीवनमा देखा पर्ने छ । सेवा क्षेत्रमा आवद्धहरुलाई अपेक्षा गरेअनुसार हुने छैन् ।
वृष
मनमा दृढता आउने छ । भाग्यको साथका कारण आम्दानीको अवस्था भने सकारात्मक बृद्धि रहने छ । पैतृक सम्पत्ति र संचित भएको धन अनुत्पादक क्षेत्रमा खेर जाने चुनौति देखिएकाले विचार गरेर मात्र निर्णयहरु लिनुहोला । पेशागत जीवनमा उतारचढावको अवस्था आउने भएकाले शान्त भएर कदमहरु चाल्नु होला । घर घडेरीको कारोवार, होटल क्षेत्र, रेष्टुरेण्ट, सेक्युरिटी सभिस जस्ता क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिपूर्ण रहने छ ।
मिथुन
पेशागत जीवनमा अस्थिरताको सामना गर्नुपर्ने भएकाले धैर्यतापूर्वक कदम चाल्नु होला । आर्जन गरेको विश्वास गुम्न जाने चुनौति रहेकाले बोलेका कुरामा अडान लिँदा ठिक हुनेछ । व्यक्तित्व दृढ खालको हुने भए पनि व्यक्तित्वमा दोहोरो चरित्र पनि देखा पर्नेछ, यसले गर्दा अरुको तपाईप्रति दृष्टिकोणमा भ्रम उत्पन्न हुनेछ ।
कर्कट
पेशागत जीवन स्थिर बन्ने र लाभ प्राप्त हुने छ । पेशागत क्षेत्रप्रतिको तिब्रतामा निकै बृद्धि हुने छ । तर आम्दानीमा भने साचे जस्तो बृद्धि हुन सक्ने छैन् । दाम्पत्य जीवनमा बिबाद उत्पन्न हुने भएकाले सतर्क रहनुहोला । साझेदारीमा गरिएका कामहरुमा बिबाद उत्पन्न देखा पर्ने छ । सवारीसाधन, घर घडेरी, होटल, रेष्टुरेण्ट आदी बिक्रि गर्नु पर्ने अवस्था आउने चुनौति रहने छ ।
सिंह
कमजोर खालको व्यक्तित्व हुने हुँदा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । मनमा खिन्नता धेरै आउने छ । संयमित भएर कदम चाल्नु पर्ने समय रहेको छ । पेशागत जीवनमा अस्थिरता उत्पन्न हुनेछ । होटल, रेष्टुरेण्ट, डान्स बार, सेक्युरिटी सर्भिस जस्ता क्षेत्रमा आवद्धहरुलाई प्रतिकुल देखिन्छ ।
कन्या
भाग्यको साथ बलियो भएकाले गरेको मेहनतबाट पनि राम्रो आम्दानी प्राप्त हुने छ । पेशागत क्षेत्रबाट पनि आम्दानीमा बढोत्तरी हुन जाने छ । बोलीको प्रभावले गर्दा पेशागत जीवनमा प्रगति हुने छ । पैतृक सम्पत्तिमा भने नोक्सानी हुने चुनौति रहेकाले संयमित रहनु होला । स्टेसनरी, पत्रकारिता, संचार क्षेत्र, वकालत, शिक्षण, अध्यापन जस्ता क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल छ ।
तुला
पेशागत जीवन अनुकुल रहने छ । बोलीमा प्रभावकारीता देखा परे पनि आफैले बोलेको कुरा प्रति अडान लिन नसक्ने र दोहोरो विचार बन्दा अरुसँगको विश्वास गुम्न पुग्न जाने छ । रिस धेरै देखा पर्ने भएकाले यस बारेमा सतर्क रहनु होला । शिक्षा क्षेत्र, अध्ययन अध्यापन, शिक्षण, स्टेसनरी, उद्योग कलकारखाना, सवारीसाधन आदी क्षेत्रमा रहेकाहरुलाई अनुकुल देखिन्छ ।
वृश्चिक
आम्दानीमा केही बृद्धि देखा पर्ने छ । पेशागत क्षेत्र पनि स्थिर रहने छ । यात्राको अवसर प्राप्त हुने छ । परिवारमा किचलोको अवस्था आउने छ । बोलीमा रुखोपना देखिने हुँदा संयमित रहनु नै उपयुक्त हुने छ । ढुवानीका सावारीसाधन, सार्वजनिक सवारीसाधन, उद्योग कलकारखाना, श्रम क्षेत्र, ठेक्कापट्टा आदीमा रहेकाहरुलाई अनुकुल रहने छ ।
धनु
विदेश यात्रा सफल हुने छ । आम्दानीमा केही बृद्धि हुनेछ । बोलीको प्रभाव बढ्ने छ । जीवनसाथिको साथ र सल्लाहमा कामहरु अघि बढाएमा प्रगति हुनेछ । भाग्यहिनताको आभाषले गर्दा पैतृक सम्पत्तिको परिचालन समस्याहरु देखा पर्ने छ । सार्वजनिक यातायात, ढुवानी साधन, उद्योग कलकारखाना, ठेक्कापट्टा, पत्रकारिता, मार्केटिङ्ग जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा हुने छ ।
मकर
बौद्धिकस्तरमा बृद्धि हुने छ । तर प्रतिष्पर्धात्मक क्षमतामा कमि आउँदा प्रतिष्पर्धीहरुले हेप्ने छन् । मनमा दृढता आउने भए तापनि दुविधाका विचारहरु एकपछि अर्काे निरन्तर आइरहँदा निर्णय क्षमतामा गिरावट हुन जानेछ । पेशागत जीवनमा महत्वाकांक्षा भन्दा निरन्तरतामा जोड दिनु उपयुक्त हुने छ । सार्वजनिक यातायात, आइटी क्षेत्र, कम्युटरको कारोवार, होम डेलिभरी जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
कुम्भ
आम्दानीमा सोचे जस्तो प्रगति नभए पनि धेरै कमि पनि हुने छैन् । पेशागत जीवन औसत खालको हुने छ । उच्च मनोबलले भरिएको र प्रतिष्पर्धी व्यक्तित्व बन्ने छ । तर रिसको मात्रामा पनि बृद्धि हुन जाँदा झैझगडाको अवस्था आउने छ । रिस नियन्त्रणमा ध्यान नदिए आफैलाई घाटाको अवस्था आउने छ । भित्रि रुपमा बाठोपना आउने छ । मनमा भने दुविधाले सताई रहने छ ।
मीन
स्वास्थ्य उपचारका लागि खर्च बढ्न जाने छ । शारीरिक स्वास्थ्यमा असन्तुलन पैदा हुने छ । पारीवारिक जीवनमा सुखको वातावरण आउने छ । बोलीमा कडापनको मात्रा बढ्न जाने भएकाले आक्रोशित व्यक्तित्व बन्ने छ । दाम्पत्य जीवनमा भरोषा बढ्ने छ । जीवनसाथिको साथमा कामहरु गरेमा लाभ मिल्ने छ । पेशागत क्षेत्रमा धेरै शुभ नभए पनि सकारात्मक बन्ने छ । जलविद्युत क्षेत्रमा आवद्धहरुलाई अवस्था चुनौतिपूर्ण देखिन्छ ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया