मंगलबार, पुष ८, २०८२

एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश

मेरोन्यूज २०७८ पुष १९ गते ७:१७

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराए ।

प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिवकुमार झाले भूमिका खेलेका थिए ।

झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए ।

उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए ।

प्रतिक्रिया