मंगलबार, पुष ८, २०८२

चिसो बढ्दै गएपछि पठनपाठन बन्द

मेरोन्यूज २०७८ पुष १९ गते ७:४५

वीरगञ्ज । शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।
केहीदिनदेखि पर्सासहित तराईका जिल्लाहरुमा बाक्लो हुुस्सु र शीतलहर सुरु भएको छ ।

यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ ।

महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको हो ।

ती सामग्रीले केही भए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । प्रति ज्येष्ठ नागरिकलाई करिब ६ हजार बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया