इङ्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुल बराबरीमा रोकियो

काठमाडौं । इङ्लिस प्रिमियर लिगको गएरातीको खेलमा चेल्सी लिभरपुलसँग रोकिएको छ ।
लिभरपुलले खेलको पहिलो हाफमा दुई गोल गरे पनि गोल जोगाउन सकेन । लिभरपुलका साडियो मानेले खेलको नवौं मिनेटमा गोल गरी पहिलो अग्रता दिलाएका थिए भने दोस्रो गोल २६ औं मिनेटमा मोहम्मद सलाहाले गरे ।
तर, पहिलो हाफको अन्तिम समयमा २ गोल गर्दै चेल्सी लयमा फर्किएपछि अन्ततः खेल २–२ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ४२औँ मिनेटमा चेल्सीका लागि कोभासिचले २० याड टाढाबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा क्रिस्टियन पुलिसिचको गोलमा चेल्सी लयमा फर्किएको थियो ।
दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलले अंक बाँडेपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको अग्रता १० अंकमा पुगेको छ । सिटी ५३ अंकसहित शीर्ष स्थानमा छ ।
सिटीले शनिबार आर्सनललाई हराउँदै शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको थियो । चेल्सी ४३ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपुलको ४२ अंक छ । लिभरपुलले सिटी र चेल्सीको भन्दा एक खेल कम खेलेको छ ।
प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा लिड्स युनाइटेडले बनर्लीलाई ३–१ अन्तरले पराजित गरेको छ भने ब्राइटोनले इभरटोनलाई ३–२ ले पराजित गरेको छ ।


















पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग
अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया