रियल मार्लोकामाथि बार्सिलोनाको कठिन जित, रियलमड्रिड गटाफेसँग पराजित
मेरोन्यूज
२०७८ पुष १९ गते ८:०९

काठमाडौं । स्पेनीस ला लिगा फुटवलको गएराती भएको खेलमा बार्सिलोनाले रियल मार्लोकामाथि १–० कठिन जित निकालेको छ ।
मार्लोकाको घरेलु मैदानमा गएराति भएको खेलमा लुक डे जोङले निर्णायक गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा डी जोङले गोल गरेका थिए ।
जितपछि बार्सिलोना शीर्ष चार स्थानबाट एक अंकको दूरीमा रहन सफल भएको छ । बार्सिलोनाको १९ खेलबाट ३१ अंक जोडेको छ भने चौथो स्थानमा रहेको एथलेटिको म्याड्रिडको समान खेलबाट ३२ अंक छ ।
तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक हुँदा दोस्रो स्थानमा रहेको सेभिल्लाको ३८ र शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको २० खेलबाट ४६ अंक छ ।
गएरातीकै खेलमा रियल मड्रिड गटाफेसँग १–० ले पराजित भएको थियो भने बार्सिलोनाले मार्लोकामाथि १–० को कठिन जित हात पारेको छ । इनेस युनालले खेलको नवौं मिनेटमा गोल गर्दै गटाफेलाई जित दिलाएका थिए ।

सम्बन्धित










मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै
यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
प्रतिक्रिया