पौष २३ मा एमालेका ७७ वटै जिल्ला अधिवेशन

काठमाडौं । नेकपा एमालेले यही २३ गते देशभर एक साथ जिल्ला अधिवेशनहरू गर्ने भएको छ । ७७ वटै जिल्ला अधिवेशन गर्न केन्द्रले निर्देशन दिएपछि जिल्ला अधिवेशनको सबै पूरा तयारी भइसकेको एमालेले जनाएको छ ।
अधिवेशनका लागि सबै वडाबाट प्रतिनीधि छान्ने र जिल्लाको व्यवस्थापनको तयारी समेत सकेको एमाले केन्द्रमा रिपोटिङ आएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन दिएको छ । सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विविध अवलम्बन गर्न एमालेले मातहत कमिटीहरूलाई खुला छाडेको छ ।
पुस २३ गते हुने जिल्ला अधिवेशन तथा माघ ८ मा हुने प्रदेश अधिवेशका लागि केन्द्रीय कार्यालयको तर्फबाट पठाइएको लिखित मापदण्ड अनुसार निर्वाचनको प्रक्रियामा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशन अवलम्बन गर्न भनिएको छ ।
जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ ।
मौसमका कारण कतिपय हिमाली जिल्लामा अधिवेशन गर्न असम्भव भएमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ । मनाङ, मुस्ताङ, डोल्पा, हुम्लासहित केही जिल्लामा भने केन्द्रीय कार्यालयको परामर्शमा अधिवेशन हुनेछ । अन्य जिल्लाहरुमा २३ गते नै जिल्ला अधिवेशन तयारी भइरहेको छ ।
दशौं महाधिवेशनपछि जिम्मेवारी पाएका केन्द्रीय सदस्यहरु अहिले जिल्ला अधिवेशनको तयारीमा जिल्ला जिल्लामै रहेका छन् । उनीहरुकै निर्दैशनमा जिल्ला अध्यक्ष र जिल्ला कमिटीहरुले काम गरिरहेको एमालेले जनाएको छ ।
एमालेको जिल्ला अधिवेशन सकिएको लगत्तै सात वटै प्रदेश सम्पर्क कमिटीहरुको अधिवेशन हुने भएको छ । सो अधिवेशनबाट पनि नयाँ नेतृत्व चयन हुने एमालेले जनाएको छ । पौष ३० गते प्रदेश सम्पर्क कमिटीको अधिवेशन हुने एमालले जनाएको छ ।
त्यसैगरी माघ ८ गते प्रदेश संगठन कमिटीको अधिवेशन हुने भएको छ । पौष २३ गते जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । यससँगै एमालेले त्यसमुनिका कमिटीहरुको पनि अधिवेशन तीब्र रुपमा थालेको छ ।
माघ २२ गते सम्पर्क मञ्चहरुको सम्मेलन तथा त्यही क्रममा जनवर्गीय संगठनहरुको सम्मेलन गर्ने पनि तयारी गरेको छ । अहिले देशभर पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले देशभर अधिवेशन गरिरहेको छ । एमालेको पत्रकारहरको संगठन प्रेस चौतारीले पनि माघमै सम्मेलन गर्ने तयारी गरेको छ ।


















प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया