सोमबार, पुष १४, २०८२

मन्त्री साेडारीका छोरा ज्यान मुद्दामा समातिए

मेरोन्यूज २०७८ पुष १९ गते १२:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मन्त्री सोडारीका २३ वर्षीय छोरालाई सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो । सवारी ज्यान मुुद्दामा फरार भएका सोडारीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
सोडारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्युु भएको थियो ।

घाइते अवस्थामा न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युुपछि फरार भएका थिए ।

प्रतिक्रिया