निवार्चनको जित र हार दुबैलाई स्वकारेर अघि बढ्छु : रविना थापा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अपाध्यक्ष एवम् अध्यक्ष पदकी उम्मेदवार रविना थापाले निवार्चन गर्न कुनै समस्या नरहेको बताइन् । आइतबार नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा निवार्चन गर्न कुनै समस्या नरहेको बताएकी हुन् । उनले भनिन्, ‘पराष्ट मन्त्रालयले पहिला निवार्चन रोक्न भनेपछि अध्यक्ष कुमार पन्त उच्च अदालत जानु भयो । अदालतले पनि अहिले निवार्चन गर्न निर्देशन दिएको अवस्था ट त्यस कारण अहिले निवार्चन गर्न कुनै समस्या छैन् । ’
उनका अनुसार पहिला विधानमा समस्या थियो तर अहिले त्यस्तो कुनै समस्या छैन् । उनले भनिन्, ‘एनआरएनएमा हामीले आफ्नो समय दिन्छौं भनेर आएका हौैं ।’
भोलीका दिनमा आइसीसीमा आउँने त्यस कारण अहिले एनसीसी सदस्यहरुमा गुट उपगुट हुन नहुने उनको भनाई छ ।
काम गर्न सक्ने महिला एनआरएनए अध्यक्ष बन्न नहुने हो ? उनको प्रश्न छ । ‘्महिला नेतृत्व भएको स्थानमा भ्रष्टचार कम भएको छ,’ उनले भनिन् ‘सहमति भए राम्रो नभए चुनाबी प्रक्रियामा जान हामी तयार रहेको छौं । ’
एनआरएनएको निवार्चनमा जित र हार दुबैलाई स्वकारेर मिलेर अघि बढ्ने उनले प्रतिबद्धता जनाईन् ।
त्यसैगरी, महासचिवका उम्मेदवार विनय अधिकारीले एनआरएनएको निवार्चन छिटो गर्नुपर्ने बताए । उनले कोरोनाको समयमा तत्कालिन केपी ओलीको सरकार भन्दा बढी एनआरएनएले गरेको स्मण गरे ।
‘१८ वर्षको ईतिहासमा पहिलो पटक महिलाले पनि नेतृत्व लिन सक्छन् भनेर आउँदा किन हामीले साथ नदिने ?’ उनले प्रश्न गरे ।
एनआरएनए उपाध्यक्षका उम्मेदवार हेमरान शर्माले सरकारले छिटै समस्या समाधान गरेरर महाधिवेशन गर्नुपर्ने बताए ।
यो पवित्र एनआरएनए संस्थामा राजनिति गर्न नहुने अधिकाशं उपस्थितहरुले बताएका थिए ।
















सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु
दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाकाे आदेश
निर्वाचन शान्तिपूर्ण बनाउन नेपाल–भारत सीमानाकामा सुरक्षा कडाइ
निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पाकिस्तानकाे अमेरिकी वाणिज्य दूतावासमा आक्रमण : ८ जनाको मृत्यु, थुप्रै घाइते
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
प्रतिक्रिया