सुदूरपश्चिम महोत्सव माघ १८ गतेदेखि सञ्चालन गर्ने तयारी

कैलाली । सुदूरपश्चिम महोत्सवको १५औं संस्करण यस वर्ष माघ १८ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । कोरोना भाइरसका कारण दुई वर्षदेखि सञ्चालन हुन नसकेको सुदूरपश्चिम महोत्सव यस वर्ष आगामी माघ १८ देखि २९ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको हो ।
आयोजक कैलाली उद्योग वाणिज्य संघले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव आयोजनाबारे जानकारी दिएको हो । यस वर्ष महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकालीमार्गसंगैको व्यक्तिको जग्गामा आयोजना गरिने संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा वृहत व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, कृषि सम्बन्धी विभिन्न प्रविधि, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदि व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइनेछ ।
महोत्सवमा कृषि, जडिबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गार्मेन्छ, इलेक्ट्रनिकल, होटल र सूचना प्रविधिलगायत गरेर विभिन्न चार सय बढी स्टलहरु रहेन अध्यक्ष कुँवरले बताए । महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवलाई व्यव्यरुपमा सञ्पन्न गर्न मुल समितिसहित विभिन्न २१ वटा उपसमिति रहने जनाइएको छ । विगतका वर्षहरुमा मंसिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सव कोरोनाका कारण गएका दुई वर्ष सञ्चालन हुन सकेको थिएन ।
यसवर्ष पनि संघले महोत्सवको मिति तोकेपनि कोरोनाको अर्को ओमिक्रोन भेरिन्ट भारतमा फैलिन थालिसकेकाले महोत्सव स्थगित गर्नुपर्ने हो कि भन्ने चिन्ता आयोजकलाई छ । नेपाल सरकारले पनि ओमिक्रोन फैलिँदोक्रममा रहेकाले भिँडभाड नगर्न, अनिवार्य मास्क प्रयोग गर्न÷गराउनलगायतको निर्देशन जारी गरिसकेको अवस्था छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया