कांग्रेस बागमती प्रदेश समितिको पहिलो बैठक सम्पन्न

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिको पहिलो बैठक आज हेटौंडामा बसेको छ । सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले संघीय राजधानी काठमाडौँमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले प्रदेश समितिलाई प्रविधिमैत्री बनाउनेसमेत निर्णय गरेको छ । समितिको फेसबुक, ट्वीटरलगायत सामाजिक संजाल बनाई विभिन्न स्थानीयदेखि केन्द्रीय समितिसम्म प्रभावकारी समन्वयको वातावरण बनाउने जनाइएको छ । १४ औँ अधिवेशनबाट निर्वाचित प्रदेश समितिका सभापति, पदाधिकारी तथा सदस्यहरुलाई माघको पहिलो साताभित्रै प्रशिक्षण दिनेसमेत निर्णय भएको महामन्त्री राजु श्रेष्ठले जानकारी दिए ।
साथै बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्न विभिन्न तह तप्काबाट भूमिका निर्वाह गर्ने सबैमा धन्यावाद दिने प्रस्ताव पारित गरेको छ । निर्वाचन अधिकृत, केन्द्रीय तथा मकवानपुर समिति, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज, स्वयंमसेवकलगायत अधिवेशनमा सक्रिय रहने सबैमा प्रदेश समितिले धन्यवाद दिएको हो । समितिले कांग्रेसका नवनिर्वाचित केन्द्रीय सभापतिसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरुमा बधाई शुभकामना दिने प्रस्ताव पनि पारित गरेको महामन्त्री श्रेष्ठले बताए ।
बैठकमा प्रदेश समिति उपसभापति मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कन्चनचन्द्र बादे, जीवन डंगोल, सह–महामन्त्री ऋषिराम घिमिरे, हरिसरण श्रेष्ठलगायत सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकअघि निर्वाचन अधिकृत केशवराज काफ्लेले प्रदेश समितिका नवनिर्वाचित सभापति, पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
















पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया