सोमबार, वैशाख १४, २०८३

गुर्जुधारा यातायात कार्यालयबाट १६ जना बिचौलिया पक्राउ

मेरोन्यूज २०७८ पुष १९ गते २०:५४

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट १६ जना बिचौलियालाई पक्राउ परेका छन् । उनीहरुलाई सोमबार प्रहरले पक्राउ गरेको हो । यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई ‘छिटो काम गर्दिन्छौं’ भनेर अनावश्यक हैरानी दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Advertisement
NiccNicc

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका घर भएका सुविन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी, धनकुटा घर भएका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुंगाका वीरेन्द्र कटुवाल र तनहुँ घर भएका सुशान्त राजभण्डारी छन् । यस्तै मकवानपुर घर भएका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका बिशाल मेचे, ओखलढुंगाका विवेक न्यौपाने, ललितपुरका रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया