आजको राशिफल : पौष २० गते मंगलबार

आज वि.सं. २०७८ साल पौष महिनाको २० गते मंगलबार, पौष शुक्लपक्षको द्वितीया तिथि ।
मेष
उदासिनता बढ्न जाने हुँदा जीवनप्रति सकारात्मक भन्दा नकारात्मक धारणाले पेल्ने छ । मनमा निराशाले अत्याधिक गाँज्ने छ । आत्माबल बलियो हुने र भाग्यको साथ रहेकाले साह्रै डराई हाल्नु पर्ने अवस्था भने छैन् । पेशागत क्षेत्र औसत खालको रहने छ । किराना पसल, दैनिक उपभोग्य सामानको कारोवार, आयात निर्यात, आइसक्रिम, पेय पदार्थको कारोवारमा रहेकाहरुलाई फाइदा मिल्ने छ । बोलीमा कडापन हुने भएकाले बोल्दा संयमित रहनु होला । दाम्पत्य जीवनमा द्वन्द चर्किने छ ।
वृष
मेहनत र पराक्रमी स्वाभाव हुने छ । प्रभावशाली बोली हुने छ । पेशागत जीवनबाट आर्थिक लाभ मिल्ने छ । पानीजन्य कारोवार, आयात निर्यात, औषधीको कारोवारमा संलग्नहरुलाई फाइदा मिल्ने छ । महिलाको परिवारमा पुरुष तथा पुरुषको परिवारमा महिला तपाईबाट अलि पीडित महशुस गर्ने भएकाले आफ्नो व्यवहारप्रति आफैले समीक्षा गरि सहज बन्ने प्रयास गर्नु होला । भाग्यको साथ रहेकाले सुखको अनुभूति हुने छ ।
मिथुन
समय प्रतिकुल रहेकाले संयमित रहनु होला । पेशागत क्षेत्रमा उतारचढावको अवस्था आउने छ । रोजगारी तथा पेशा व्यवसायमा गम्भीरखाले समस्या पैदा हुने छन् । रोजगारी गुम्नेसम्मको अवस्था आउने भएकाले सतर्कतासाथ अघि बढ्नु होला । पेट, ग्याष्ट्रिक सम्बन्धि समस्याले च्याप्ने छ । भुत प्रेत तथा मानसिक रुपमा दबाद सृजना हुने छ । मनमा दोहोरो विचारले गर्दा निर्णय क्षमतामा गिरावट आउने छ । जीवनसाथिको साथले गर्दा अवस्था नियन्त्रित हुनेछ । मनोबलको कमि हुन जाने छ ।
कर्कट
कडा खाले ब्यक्तित्व हुने छ । रिस धेरै उठ्ने भएकाले रिस नियन्त्रणमा ध्यान दिँदा उपयुक्त हुने छ । पेशागत क्षेत्रमा धेरै जोखिम नलिँदा उपयुक्त हुने छ । सार्वजनिक सवारीसाधन, उद्योग कलकारखाना, श्रम क्षेत्र, हार्डवेयरको ब्यापार, छालाजन्य कारोवारको ब्यवसायमा संलग्नहरुलाई प्रतिकुल हुने छ । छोटो यात्रामा निस्कनु पर्ने छ । जीवनसाथिको साथ तथा सल्लाहमा काम गरेमा फाइदा मिल्ने छ । परिवारका सदस्यहरुको साथ रहनाले कठिनाईको क्षणमा सँहालिन सहयोग मिल्ने छ ।
सिंह
परिवारका सदस्यहरुको साथले गर्दा विपरित परिस्थितिमा पनि ढाडस मिल्ने भएकाले परिवारको साथ लिएर अघि बढ्दा उपयुक्त हुने छ । पेशागत जीवनमा अनावश्यक विषयको उल्झनमा फसाइ दिने छ । जसले गर्दा तनावको सामना गर्नु पर्ने छ । आम्दानीमा भने खास असर पर्ने छैन् । अध्ययन अध्यापनमा हल्का प्रगति उन्मुख हुने छ । समय अलि नकारात्मक तर्फ ढल्केकाले संयमित भएर नै पाइला चाल्नु पर्ने समय छ ।
कन्या
भाग्यका बलियो साथका कारण लिएका लक्ष्य पुरा हुने तर्फ आधार तयार हुने छ । पेशागत जीवनमा पनि सन्तोषजनक अवस्था छ । आफ्नो कामको अफिसियल रुपमा कदर हुने छ । समय सकारात्मक रहेको छ । आम्दानीमा पनि केही बृद्धि नै हुन जाने छ । प्रतिष्पर्धी स्वाभाव बलियो हुने भएकाले शत्रु नाश हुने छन् । बिरोधीहरुले पेल्न सक्ने छैनन् ।
तुला
जीवनलाई उत्साहपूर्ण तरीकाले भन्दा अलि निराशाजनक तबरको दृष्टिकोणले सताउने छ । निराशाजनक भावले सताउने छ । पेशागत जीवनमा शान्त रहनु नै उपयुक्त हुने छ । मानसिक रुपमा दबाबपूर्ण चिन्तन आउने भएकाले धार्मिक आध्यात्मिक विषयमा संलग्न हुँदा उपयुक्त हुने छ । बोलीमा भने मधुरता आउने छ । परिवारिक सम्पत्ति वा पूर्व सञ्चित धनले मनमा केही ढाडस दिने छ । शारीरिक थकान र मनोबलको कमि हुने भएकाले शारीरिक अभ्यासमा ध्यान दिनु होला ।
वृश्चिक
आम्दानीका विषयमा चिन्ता उत्पन्न हुन जाने छ । कार्यालयमा आफ्नो बोससँगको सम्बन्धमा कटुता आउने भएकाले उच्च सतर्कतासहित काम गर्नु होला । भाग्यको साथ नरहेकाले काममा बिलम्ब हुने छ । आफू भन्दा निम्न दर्जामा कार्यरत कर्मचारी वा स्टाफको साथले केही रात प्रदान गर्ने छ ।समय सतर्कतासहित पाइला चाल्नु पर्ने भएकाले सोही अनुसार संयमित रहनु होला । परिवारमा कलह मच्चिने छ ।
धनु
प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले कठिनाईमा पनि नहडबडिने पना कायम रहने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । पेशागत क्षेत्र अनुकुल बन्ने छ । शुरो खालको ब्यक्तित्व हुने छ । कसैसँग पनि डर नमान्ने स्वाभावमा बृद्धि हुने छ तर अलि बढि घमण्डि जस्तो देखिने भएकाले यसबारेमा विचार गर्नु होला । अनुसन्धान, औषधिको कारोवार, परामर्शदाता, कुटनीतिक क्षेत्र आदीमा संलग्नहरुलाई फाईदा मिल्ने समय जागृत छ ।
मकर
परिवारमा मिलन हुने छ । पेशा तथा ब्यापार विजनेशमा धेरै जोखिम मोल्ने बेला छैन् । साझेदारीका कामहरुमा पनि कटुतापूर्ण तनाव आउने भएकाले यसबारेमा धैर्यता अपनाउनु होला । प्रतिष्पर्धात्मक स्वाभावले गर्दा प्रतिकुलतासँग पनि जुध्न सक्ने शक्ति प्राप्त हुने छ । सितल खालको ब्यक्तित्व बन्ने हुँदा अरुले पनि नरम महशुस गर्ने छन् । तर मन बढि चञ्चल हुने भएकाले अस्थिरता उत्पन्न हुने छ ।
कुम्भ
मनमा सन्तोष हुने छैन् । ब्यक्तित्वमा गिरावट आउने छ भने आफुले बुझेका विषयमा अन्योलता आउने छ । जीवनसाथिको साथ लिएर काम गरेमा वा सल्लाह लिएर काम गरेमा कार्य सम्पादनमा ठुलो मद्दत पुग्ने छ । सन्तानले साथ दिने छन् । अनावश्यक क्षेत्रमा पराक्रमी र मेहनत गर्न मन लाग्ने बनाई दिने समय सक्रिय रहेकाले विचार गरेर मात्र काम थाल्नु होला । ब्यापारमा रहेकाहरुलाई समय अलि प्रतिकुल छ भने रोजगारीमा रहेकाहरुलाई समय औसत रहने छ ।
मीन
भाग्यको साथ रहेकाले भित्रि बुद्धिमा सक्रियता बढ्न पुग्दा चलाखीपूर्ण तरीकाले कार्यसम्पदान हुन पुग्ने छन् । पेशागत जीवनबाट सन्तोष प्राप्त हुने छ । पेशागत जीवनमा प्रगति हुने छ । अरुलाई सहयोग गरौँ गरौँ लाग्ने छ । अस्पतालजन्य सामानको आपूर्ति, औषधीको कारोवार, स्वास्थ्य क्षेत्रको ब्यापार, अस्पताल संचालनहरुलाई फाईदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरुले प्रतिफल दिने छन् । पैसाको सरसापट गर्दा विचार पु¥याउनु होला ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया